images

२०८३ आश्विन १६ गते

images
images
images
  • मूख्य समाचार
  • नारायणगढ–बुटवल सडक विस्तारमा प्रधानमन्त्रीको चासो, दिए...

नारायणगढ–बुटवल सडक विस्तारमा प्रधानमन्त्रीको चासो, दिए ठेक्का तोड्ने चेतावनी

नारायणगढ–बुटवल सडक विस्तारमा प्रधानमन्त्रीको चासो, दिए ठेक्का तोड्ने चेतावनी

images
images
शुक्रवार, कार्तिक ३० २०८१
शुक्रवार, कार्तिक ३० २०८१
  • काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले नारायणगढ–बुटवल सडक खण्ड विस्तारको काम आउँदो मंसिरभित्र सुरु नभएमा ठेक्का तोड्ने चेतावनी दिएका छन् । रुपन्देही, नवलपरासी पूर्व र नवलपरासी पश्चिमका जनप्रतिनिधिहरु सहित भएको छलफलमा प्रधानमन्त्री ओलीले सो चेतावनी दिएका हुन् ।

    images
    images

    उनले सडक विस्तारमा भइरहेको ढिलाइका विषयमा छिट्टै टुंगोमा पुग्ने बताएका छन् । छलफलमा प्रधानमन्त्री ओलीले आउँदो मंसिर भित्र काम सुरु नभएमा बाध्यतावस ठेक्का तोड्नुको विकल्प नहुने बताएको उनको सचिवालयले जनाएको छ । उनले विश्वसनीय रुपमा काम गर्छ भने जिम्मेवारी लिएको ठेकेदार कम्पनीलाई काम लगाउन उचित हुने जनाउँदै काम गर्ने जिम्मा लिएर २८ वर्ष देखि आयोजना ‘होल्ड’ गर्ने प्रवृत्तिबाट बच्नुपर्ने बताए ।

    ‘जुन अपेक्षा र तीव्रताका साथ काम गर्न सोचेका थियौं, त्यो हुन सकेन । त्यस क्षेत्रका बासिन्दाहरुले लामो समय देखि कष्ट पूर्णरुपमा धुलो–मैलोमा बस्नुपरेको छ । आर्थिक विकासका गतिविधिमा पनि असर परेको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘यस विषयलाई गम्भीरताका साथ लिएर सम्बन्धित निकायले काम गनुपर्ने देखिन्छ । यसमा मेरो पनि गम्भीर ध्यान गएको छ । हामी निर्णायक निर्णय गर्नुपर्ने अवस्थामा पुगेका छौं ।’

    images
    images

    पूर्वी नवलपरासीको जिल्ला समन्वय समिति प्रमुख भगौती यादव रुदलले निर्माण कार्यमा लापरवाही भएको भन्दै प्रधानमन्त्री ओलीलाई ध्यानाकर्षण पत्र बुझाएका थिए। उनले निर्माणको जिम्मा पाएको कम्पनीलाई काम छिटो सक्न कडा निर्देशन दिनुपर्ने बताए।

    चाइना स्टेट कम्पनीसँग उक्त सडक खण्ड २०७९ साउन २२ सम्ममा निर्माण सम्पन्न गर्ने गरी २०७५ चैत ८ गते ठेक्का सम्झौता भएको थियो। हाल सम्म ४४ प्रतिशत भुक्तानी भइसकेको र ५२ प्रतिशत काम भएको जनाइएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend