images

२०८३ आश्विन २० गते

images
images
images
  • विमा
  • नेपाल लाइफ इन्स्योरेन्सको नाफा ३०.०६...

नेपाल लाइफ इन्स्योरेन्सको नाफा ३०.०६ प्रतिशतले बढ्यो

नेपाल लाइफ इन्स्योरेन्सको नाफा ३०.०६ प्रतिशतले बढ्यो

images
images
बिहिवार, कार्तिक २९ २०८१
बिहिवार, कार्तिक २९ २०८१
  • काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। 

    images
    images

    चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नाफा गत आवको सोही अवधिको तुलनामा ३०.०६ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा कम्पनीले २० करोड ५४ लाख रुपियाँ नाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले १५ करोड ७९ लाख रुपियाँ नाफा आर्जन गरेको थियो ।

    समीक्षा अवधिमा इन्स्योरेन्सको खुद आर्जित बीमाशुल्क ९.१४ प्रतिशत, कुल आम्दानी १४.३० प्रतिशत खुद दाबी भुक्तानी १३.१० प्रतिशत र कुल खर्च १२.७५ प्रतिशत बढेको छ। नाफासँगै इन्स्योरेन्सको प्रतिशेयर आम्दानी पनि २ रुपैयाँ ३१ पैसा बढेर १० रुपैयाँ १ पैसा पुगेको छ। 

    images
    images

    असोज मसान्तसम्ममा इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात ८७.४१ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३१ रुपैयाँ ९९ पैसा रहेको छ। कम्पनीको चुक्ता पूँजी ८ अर्ब २० करोड ७९ लाख रुपैयाँ रहेको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend