images

२०८३ आश्विन १५ गते

images
images
images
  • समाचार
  • बालेनको सांसद वर्गीकरण: ‘एभरेज, एभरेजभन्दा तल...

बालेनको सांसद वर्गीकरण: ‘एभरेज, एभरेजभन्दा तल र एक्स्ट्रा अर्डिनरी’

बालेनको सांसद वर्गीकरण: ‘एभरेज, एभरेजभन्दा तल र एक्स्ट्रा अर्डिनरी’

images
images
बुधवार, आश्विन १४ २०८३
बुधवार, आश्विन १४ २०८३
  • काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र(बालेन) शाहले सांसदहरूको अभिव्यक्ति, क्षमता र विज्ञताको आधारमा उनीहरूलाई तीन तहमा वर्गीकरण गरेका छन्।इन्जिनियरिङ पृष्ठभूमिका सांसदहरूसँगको बुधबारकाे छलफलका क्रममा प्रधानमन्त्री शाहले सांसदहरूलाई ‘एभरेज’, ‘एभरेजभन्दा तल’ र ‘एक्स्ट्रा अर्डिनरी’ गरी तीन समूहमा राखेर व्याख्या गरेको एक सांसदले बताए। ती सांसदका अनुसार प्रधानमन्त्री शाहले सामान्य तहका सांसदले कार्यक्रम तथा आयोजनाका विषयमा कुरा गर्ने, त्यसको तल्लो तहमा रहेकाले अरूलाई काम गर्न निर्देशन दिने र ‘एक्स्ट्रा अर्डिनरी’ सांसदले भने नयाँ विचार, सिर्जनशीलता र देश विकासका योजनाबारे सुझाव दिनुपर्ने बताएका थिए।

    images
    images

    ‘इन्जिनियर भनेको एक्स्ट्रा अर्डिनरी हो। एभरेज मान्छेहरू इभेन्टको कुरा गर्छन्। त्योभन्दा तलकोले मलाई यो गर, त्यो गर भन्छन्,’ प्रधानमन्त्री शाहको भनाइ उद्धृत गर्दै ती सांसदले भने, ‘एक्स्ट्रा अर्डिनरी भएकाले तपाईंहरूले आइडिया र क्रियटिभिटीको कुरा उठाउनुपर्छ। यो गरे देश बन्छ भनेर भन्नुपर्छ। तपाईंहरूको आइडियाले देश बन्छ।’प्रधानमन्त्री शाहले इन्जिनियरिङ पृष्ठभूमिका सांसदहरूलाई औद्योगिकीकरणका लागि आवश्यक काम र योजनाबारे नयाँ विचार दिन आग्रह गरेका थिए।संसद्‌मा उठेका विषयमा सम्बन्धित मन्त्रालय, मन्त्री, प्रधानमन्त्री कार्यालय तथा मन्त्रिपरिषद् कार्यालयसँग समन्वय गर्न सकिने बताउँदै उनले नयाँ विचार भएका सांसदसँग सहजै भेट गर्न सकिने बताएका थिए।छलफलका क्रममा प्रधानमन्त्री शाहले केही विधेयक आउने तयारीमा रहेको जानकारी दिँदै त्यसमा सांसदहरूको सुझाव र सहयोग आवश्यक रहेको बताएका थिए। सांसदहरूले देखेको र भोगेको अनुभवका आधारमा कानुन निर्माणमा योगदान गर्न सक्ने उनको भनाइ थियो।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend