images

२०८३ आश्विन १६ गते

images
images
images

एक सय ४६ करदाताको बैंक खाता रोक्का

एक सय ४६ करदाताको बैंक खाता रोक्का

images
images
बुधवार, कार्तिक २८ २०८१
बुधवार, कार्तिक २८ २०८१
  • चितवन । आन्तरिक राजस्व कार्यालय भरतपुरले एक सय ४६ करदाताको बैंक खाता रोक्का गरेको छ । कार्यालयले रु एक लाख भन्दा बढी बक्यौता हुने ती करदातालाई कालो सूचीमा राखेर उनीहरुको बैंक खाता रोक्का गरेको हो ।
     
    कार्यालयका सूचना अधिकारी एवं कर अधिकृत विमल पौडेलका अनुसार कालो सूचीमा राखिएका करदातालाई पत्राचार गर्ने, सम्पर्क गर्ने, सूचना जारी गर्दा समेत सम्पर्कमा नआए पछि उनीहरुको बैंक खाता रोक्का गरिएको हो ।
     
    कार्यालयमा रहेका करदता मध्ये चार सय ९५ करदाताले मूल्य अभिवृद्धि करको रु ६५ करोड ९७ लाख बक्यौता तिर्न बाँकी छ । त्यस्तै आयकरतर्फ तीन सय २३ करदाताले रु ९४ करोड बक्यौता तिर्न बाँकी रहेको उनले बताए । कार्यालयमा हाल मूल्य अभिवृद्धि कर तर्फ १० हजार चार सय करदाता छन् भने जम्मा करदाता ५८ हजार चार सय ५५ रहेको पौडेलले जानकारी दिए ।
     
    पौडेलका अनुसार कार्यालयले चालु आर्थिक वर्षमा रु छ अर्ब ६२ करोड राजस्व सङ्कलन गरेको छ । जुन लक्ष्यको ८८ दशमलब ३६ प्रतिशत हो । सूचना अधिकारी पौडेलका अनुसार राजस्व विभागले चालु आवको कात्तिक मसान्त सम्ममा रु सात अर्ब ६६ करोड ५९ हजार राजस्व सङ्कलनको लक्ष्य दिएको थियो । चाडपर्व, व्यावसायिक गतिविधिमा कमी, कर सहभागितामा कमी लगायतका कारण लक्ष्यअनुसार राजस्व सङ्कलनमा कमी आएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend