images

२०८३ आश्विन १५ गते

images
images
images
  • समाचार
  • वीरगञ्जमा अबदेखि वडा कार्यालयबाटै मालपोत कर...

वीरगञ्जमा अबदेखि वडा कार्यालयबाटै मालपोत कर सङ्कलन गरिने

वीरगञ्जमा अबदेखि वडा कार्यालयबाटै मालपोत कर सङ्कलन गरिने

images
images
शुक्रवार, आश्विन ९ २०८३
शुक्रवार, आश्विन ९ २०८३
  • वीरगञ्ज। वीरगञ्ज महानगरपालिकाले नगरवासीलाई कर तिर्न सहज हुने गरी अब सम्बन्धित वडा कार्यालयबाटै मालपोत कर सङ्कलन गर्ने व्यवस्था लागू गरेको छ।महानगरपालिकाले जारी गरेको सूचनाअनुसार २०८३ असोज १२ गतेदेखि महानगरपालिकाका सबै वडा कार्यालयबाट अनिवार्य रूपमा मालपोत कर सङ्कलन गरिने व्यवस्था मिलाइएको छ ।नगरवासीलाई घरदैलो नजिकैबाट सहज, सरल र प्रभावकारी सेवा उपलब्ध गराउने महानगरपालिकाको नीति अनुसार वडा कार्यालयबाटै मालपोत कर सङ्कलनको व्यवस्था गरिएको हो। यससँगै मालपोत कर बुझाउन महानगरपालिकाको कार्यालय धाउनुपर्ने बाध्यता हट्ने भएको छ।

    images
    images

    महानगर प्रमुख राजेशमान सिंहले नगरवासीलाई सेवा लिन अनावश्यक झन्झट नहोस् र आफ्नै वडा कार्यालयबाट सहज रूपमा सेवा प्राप्त गर्न सकुन् भन्ने उद्देश्यले वडा तहबाटै मालपोत कर सङ्कलनको व्यवस्था गरिएको बताए।उनले महानगरपालिकाबाट प्रवाह हुने सेवाहरूलाई सकेसम्म नगरवासीको घरदैलो नजिक पुर्‍याउने र सेवा लिनका लागि हुने समय तथा खर्चको बचत गराउनेतर्फ महानगरपालिका निरन्तर अघि बढिरहेको बताए।अब नगरवासीले आफ्नै वडा कार्यालयबाट मालपोत कर बुझाउन सक्नेछन्। कर सङ्कलनका लागि आवश्यक व्यवस्था मिलाउन महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्तबहादुर बोहराले सबै वडा कार्यालयलाई निर्देशन दिए।प्रमुख प्रशासकीय अधिकृत बोहराले जारी गरेको सूचनामार्फत नगरवासीलाई सम्बन्धित वडा कार्यालयबाटै मालपोत कर बुझाउनसमेत आग्रह गरिएको छ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend