images

२०८३ आश्विन १९ गते

images
images
images
  • प्रविधि
  • सञ्चार माध्यममाथि प्रेस काउन्सिलको निगरानी, गलत...

सञ्चार माध्यममाथि प्रेस काउन्सिलको निगरानी, गलत भए कारबाही गरिने चेतावनी

सञ्चार माध्यममाथि प्रेस काउन्सिलको निगरानी, गलत भए कारबाही गरिने चेतावनी

images
images
बुधवार, कार्तिक २८ २०८१
बुधवार, कार्तिक २८ २०८१
  • काठमाडौं । प्रेस काउन्सिल नेपालले युट्युब च्यानल तथा फेसबुक पेजमाथि निगरानी थालेको छ ।

    images
    images

    सञ्चार माध्यमसँग सम्बद्ध भएका र नभएका सामाजिक सञ्जाल विशेष गरी युट्युब च्यानल तथा फेसबुक पेजबाट सम्प्रेषित सामग्रीलाई तथ्यपूर्ण र विश्वसनीय बनाउन काउन्सिलले कार्यविधि बनाई काम सुरु गरेको हो ।

    नियामक निकाय काउन्सिलले विभिन्न पेजसहित सामाजिक सञ्जालमा सञ्चालकको नाम, ठेगाना प्रस्ट हुनुपर्ने सहित तथ्यपूर्ण समाचारको लागि विशेष अपिल जारी गरेको हो । सामाजिक सञ्जालमा देखिएका कतिपय आपत्तिजनक सामग्री अनुगमनसहित प्रवृत्तिगत अध्ययन गरी सच्याउन र सचेतना जगाउन विभिन्न काम समेत गर्दै आएको काउन्सिलले जनाएको छ ।

    images
    images

    सह प्रवक्ता एवम् सूचना अधिकारी रामशरण बोहराद्वारा जारी विज्ञप्तिमा युट्युब, अनलाइन टिभीसहित सामाजिक सञ्जालको पेजहरूको प्रयोगमा सहजता ल्याउन र व्यवस्थित बनाउन प्रेस काउन्सिलले बेग्लै कार्यविधि बनाई कार्यान्वयन गरिरहेको उल्लेख छ ।

    यस्तै पछिल्लो समय सामाजिक सञ्जाल दुरुपयोग गरी भ्रमपूर्ण, अफवाहपूर्ण, गालीगलौजपूर्ण सामग्री सम्प्रेषण भइरहेको काउन्सिलको विशेष अनुगमनबाट देखिएको छ । सामाजिक सञ्जालमा भेटिने कतिपय अमर्यादित, अशिष्ट र तथ्यहीन सामग्रीले जनमानसमा अन्योल समेत सिर्जना गरेको छ । काउन्सिलले यस्ता गतिविधिलाई गम्भीर रूपमा लिई समस्या समाधानका लागि राज्यका निकायहरूसँग आवश्यक समन्वय र सहजीकरण गरिरहेको जनाएको छ ।

    काउन्सिलले जारी गरेको पत्र:462566812_1340337530680632_1108331486015367233_n.webp

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend