काठमाडौँ । अविरल वर्षाका कारण काठमाडौं उपत्यकाका बागमती, विष्णुमती, रुद्रमती-धोवीघाट, मनोहरा, हनुमन्ते र चोभार क्षेत्रका नदी करिडोरहरू उच्च जोखिममा परेका छन्।
नदीको जल सतह बढेर मुख्य सडकमै पुग्न थालेपछि प्रहरीले आवागमनमा सतर्कता अपनाएका छन्। उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार सुरक्षा सतर्कतास्वरूप सबै करिडोर सडकहरूमा सवारी साधन पार्किङ पूर्ण रूपमा निषेध गरिएको छ भने जल सतहको अवस्था हेरी सवारी आवागमन समेत नियन्त्रण गरिँदै लगिएको छ।




.gif)



