बुटवल । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडक खण्ड लगातारको वर्षापछि पहिरो खस्दा अवरुद्ध भएको छ । शुक्रबार सिद्धबाबा मन्दिर नजिकै सडक माथिबाट पहिरो खसेपछि यातायात आवागमन अवरुद्ध भएको हाे ।नेपाल राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, लुम्बिनीले अहिले साे क्षेत्रमा यातायात अवरुद्ध जानकारी दिएकाे छ ।
यस्तै, तिनाउ गाउँपालिका–५ स्थित चरचरेमा पनि पहिरो खसेर सडक अवरुद्ध भएको थियो। मौसम पूर्वानुमान महाशाखाले देशभर भारीदेखि अति भारी वर्षाको चेतावनी जारी गरेसँगै सडक सुरक्षामा उच्च सतर्कता अपनाइएको प्रहरीले जनाएको छ।सुरक्षाका लागि बिहीबार साँझदेखि शुक्रबार बिहानसम्म अत्यावश्यक बाहेकका सवारी साधनलाई बुटवल–पाल्पा सडक खण्डमा आवागमन गर्न रोक लगाइएको थियो।




.gif)



