images

२०८३ आश्विन १७ गते

images
images
images

सिद्धिचरण लोकमार्ग अवरुद्ध

सिद्धिचरण लोकमार्ग अवरुद्ध

images
images
शुक्रवार, आश्विन ९ २०८३
शुक्रवार, आश्विन ९ २०८३
  • ओखलढुङ्गा । लगातारको वर्षाका कारण ओखलढुङ्गाको सिद्धिचरण लोकमार्ग अवरुद्ध भएको छ ।मानेभञ्ज्याङ गाउँपालिका–६ र ७ को सिमानामा पर्ने भँडारे खोलामा सडकमाथिबाट लेदोसहितको बाढी आउँदा सडक अवरुद्ध भएको हो । बाढीले सडकको भाग काटेर गहिरो बनाई करिब १५ मिटर सडकमा क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

    images
    images

    अवरुद्ध सडक खुलाउन डिभिजन सडक कार्यालय हर्कपुरसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ । सडक खुलाउन नसकिएपछि आवतजावत पूर्ण रूपमा बन्द छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend