images

२०८३ आश्विन १७ गते

images
images
images
  • समाचार
  • ल्यान्डफिल साइटमा पहिरो गएपछि फोहोर उठाउन...

ल्यान्डफिल साइटमा पहिरो गएपछि फोहोर उठाउन समस्या, घरमै सुरक्षित राख्न आग्रह

ल्यान्डफिल साइटमा पहिरो गएपछि फोहोर उठाउन समस्या, घरमै सुरक्षित राख्न आग्रह

images
images
शुक्रवार, आश्विन ९ २०८३
शुक्रवार, आश्विन ९ २०८३
  • काठमाडौं । काठमाडौं महानगरपालिकाले अविरल वर्षाका कारण फोहोरमैला व्यवस्थापनमा गम्भीर समस्या उत्पन्न भएको जनाउँदै नगरवासीलाई फोहोर घरबाहिर ननिकाल्न आग्रह गरेको छ।महानगरको वातावरण व्यवस्थापन विभागले शुक्रबार सूचना जारी गर्दै फोहोर सङ्कलन तथा ढुवानी कार्य केही समयका लागि प्रभावित हुने जानकारी गराएको हो।पछिल्लो समय निरन्तर परिरहेको वर्षाका कारण विभिन्न स्थानमा बाढी र पहिरोको समस्या देखिएको छ। यसको प्रत्यक्ष असर काठमाडौंको फोहोर विसर्जन गरिने ल्यान्डफिल साइटमा पनि परेको महानगरले जनाएको छ।

    images
    images

    ल्यान्डफिल साइटमा पहिरो गएको र माथिल्लो भागबाट लेदोसहितको माटो खस्ने क्रम जारी रहेकाले फोहोर व्यवस्थापन कार्यमा अवरोध पुगेको छ। लेदो र माटो थुप्रिँदा फोहोर बोकेका सवारीसाधनलाई ल्यान्डफिल साइटसम्म पुग्न र त्यहाँ फोहोर विसर्जन गर्न असहज अवस्था सिर्जना भएको महानगरले जनाएको छ।यही प्राविधिक र प्राकृतिक कठिनाइका कारण नियमित रूपमा हुँदै आएको फोहोर सङ्कलन तथा ढुवानी प्रक्रिया अनिश्चित समयका लागि प्रभावित बन्न पुगेको महानगरले स्पष्ट पारेको छ।सूचनामार्फत महानगरले भनेको छ, ‘आफ्नो घर, पसल, व्यवसाय वा कम्पाउन्डबाट निस्कने कुनै पनि प्रकारको फोहोर सडक, चोक, सार्वजनिक स्थल, खुला स्थान वा खोलानालामा नफाल्न कडा आग्रह गरिएको छ। फोहोर सङ्कलन नियमित नहुन्जेलसम्म सम्भव भएसम्म सम्पूर्ण फोहोर आफ्नै घर वा परिसरभित्र सुरक्षित रूपमा भण्डारण गरेर राख्न सुझाइएको छ।’

    यसका साथै फोहोरलाई लामो समयसम्म सुरक्षित राख्न र व्यवस्थापन सहज बनाउन सड्ने (जैविक) र नसड्ने फोहोर अनिवार्य रूपमा छुट्टाछुट्टै राख्न पनि महानगरले आग्रह गरेको छ।सडक तथा सार्वजनिक स्थानमा जथाभावी फोहोर फ्याँक्दा सडक अवरुद्ध हुनुका साथै वर्षातका समयमा पानी निकास हुने ढल तथा नाला बन्द भई बाढी र डुबानको जोखिम अझ बढ्ने भएकाले विशेष सावधानी अपनाउन महानगरले अनुरोध गरेको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend