images

२०८३ आश्विन १५ गते

images
images
images
  • विश्व
  • विश्वसनीय, वैध र दिगो शान्ति निर्माणको...

विश्वसनीय, वैध र दिगो शान्ति निर्माणको अपरिहार्य आधार राष्ट्रिय स्वामित्व होः परराष्ट्रमन्त्री खनाल

विश्वसनीय, वैध र दिगो शान्ति निर्माणको अपरिहार्य आधार राष्ट्रिय स्वामित्व होः परराष्ट्रमन्त्री खनाल

images
images
शुक्रवार, आश्विन ९ २०८३
शुक्रवार, आश्विन ९ २०८३
  • काठमाडौँ, ९ असोज । परराष्ट्रमन्त्री शिशिर खनालले दिगो शान्ति निर्माणका लागि राष्ट्रिय स्वामित्व, समावेशी राज्य संस्था र जवाफदेही शासन व्यवस्था अपरिहार्य रहेको बताएका छन्।

    images
    images

    संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाका क्रममा न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घीय मुख्यालयमा बिहीबार आयोजित पिसबिल्डिङ कमिसन (पिबीसी)को मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्दै उन्ले राष्ट्रिय स्वामित्वलाई विश्वसनीय, वैध र दिगो शान्ति निर्माणको आधारका रूपमा प्रस्तुत गरेका छन्।

    “विश्वसनीय, वैध र दिगो शान्ति निर्माणको अपरिहार्य आधार राष्ट्रिय स्वामित्व हो । जब समाजले आफ्नै शान्ति प्रक्रियाको निर्माण र नेतृत्व गर्छ, मेलमिलापले गहिरो जरा गाड्छ”, उनले भने । 

    images
    images

    नेपालको शान्ति प्रक्रियालाई राष्ट्रिय स्वामित्वमा आधारित शान्ति निर्माणको उदाहरणका रूपमा प्रस्तुत गर्दै मन्त्री खनालले दुई दशकअघि सन् २००६ मा भएको विस्तृत शान्ति सम्झौताले दशक लामो सशस्त्र द्वन्द्वलाई मौलिक र राष्ट्रिय स्वामित्वको शान्ति प्रक्रियामार्फत रूपान्तरण गरेको स्मरण गरेका छन्। 
    एका छन्। विस्तृत शान्ति सम्झौता सन् २००६ मा सरकार र तत्कालीन नेकपा (माओवादी)बीच भएको थियो र त्यसमा संयुक्त राष्ट्रसङ्घीय सहयोगअन्तर्गत हतियार व्यवस्थापन तथा निर्वाचन सहयोग समेटिएको थियो ।

    मन्त्री खनालले शान्ति निर्माण कुनै निश्चित बिन्दुमा पुगेर समाप्त हुने प्रक्रिया नभई पुस्तौँसम्म निरन्तर अघि बढ्ने सामाजिक सम्झौता भएको बताएका छन्।

    द्वन्द्व नदेखेको र डिजिटल माध्यमबाट सङ्गठित नयाँ पुस्ताले पारदर्शी शासन, योग्यतामा आधारित प्रणाली तथा जनउत्तरदायी संस्थाको माग गरिरहेको उल्लेख गर्दै उनले नयाँ पुस्ताको अपेक्षाअनुसार राज्यका संस्थालाई थप उत्तरदायी र अनुकूल बनाउनुपर्नेमा जोड दिएका छन्।

    उनले नेपालमा ८ सेप्टेम्बर २०२५ मा भएको नागरिक जेनजी आन्दोलनका क्रममा पनि लोकतान्त्रिक संस्थाले लचकता र सहनशीलता प्रदर्शन गरेको दाबी गरेका छन्। उनका अनुसार सङ्कटतर्फ उन्मुख हुनुको सट्टा संवादमार्फत जनआकाङ्क्षालाई सम्बोधन गरिएको र छ महिनाभित्र संसदीय निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भई निर्वाचित सरकारलाई व्यवस्थित सत्ता हस्तान्तरण भएको थियो ।

    मन्त्री खनालले नेपालको अनुभवबाट तीन प्रमुख सिद्धान्त अघि सारेका छन्। पहिलो, समावेशी प्रतिनिधित्व र स्थानीय स्वामित्वलाई बलियो बनाउनुपर्ने, दोस्रो, स¬ङ्क्रमणकालीन न्याय, मानवअधिकार र विधिको शासन सुनिश्चित गर्ने विश्वसनीय संस्थालाई निरन्तर सुदृढ गर्नुपर्नेस र तेस्रो, अन्तरराष्ट्रिय शान्ति निर्माणसम्बन्धी सहयोग राष्ट्रिय प्राथमिकतासँग अनुरूप हुनुपर्ने उनको भनाइ थियो ।

    नेपालको शान्ति प्रक्रियामा संयुक्त राष्ट्रसङ्घको सहयोग राष्ट्रिय क्षमतालाई बलियो बनाउने उद्देश्यमा केन्द्रित रहेको उल्लेख गर्दै मन्त्री खनालले बाह्य खाका थोपर्नुभन्दा राष्ट्रिय प्राथमिकता र क्षमतासँग मेल खाने अन्तरराष्ट्रिय सहयोग प्रभावकारी हुने बताएका छन्।

    संयुक्त राष्ट्रसङ्घले नेपालको शान्ति प्रक्रियामा हतियार व्यवस्थापन तथा निर्वाचनसम्बन्धी सहयोग गरेको ऐतिहासिक अभिलेखले पनि यसलाई पुष्टि गर्ने उहाँको कथन थियो । शान्तिको नेपाली दार्शनिक अवधारणातर्फ सङ्केत गर्दै मन्त्री खनालले शान्ति युद्धको अनुपस्थितिमात्र नभई मानव, प्रकृति, पृथ्वी र समग्र ब्रह्माण्डबीचको सन्तुलन र सामञ्जस्यसँग जोडिएको विषय भएको बताएका छन्।

    “हाम्रो प्राचीन दार्शनिक परम्परामा शान्ति केवल युद्धको अनुपस्थिति होइन । यसलाई ‘शान्ति’ अर्थात् सबै जीवित प्राणी, निर्जीव प्रकृति, पृथ्वी र समग्र ब्रह्माण्डबीचको सन्तुलनलाई सम्मान गर्ने विश्वव्यापी सामञ्जस्यका रूपमा बुझिन्छ”, उनले भने ।

    मन्त्री खनालले राष्ट्रिय स्वामित्वलाई मार्गदर्शक बनाएर संवादमार्फत मतभेद समाधान गर्ने तथा अन्तरराष्ट्रिय ऐक्यबद्धतामार्फत साझा यात्रालाई अघि बढाउने समग्र दृष्टिकोणलाई शान्ति निर्माण आयोगले प्रवर्द्धन गर्नुपर्नेमा जोड दिएका छन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend