images

२०८३ आश्विन १७ गते

images
images
images
  • समाचार
  • विदेशी फिल्मसँग प्रतिस्पर्धा गर्न नेपाली फिल्म...

विदेशी फिल्मसँग प्रतिस्पर्धा गर्न नेपाली फिल्म सक्षम बनाउनुपर्छ : निखिल उप्रेती

विदेशी फिल्मसँग प्रतिस्पर्धा गर्न नेपाली फिल्म सक्षम बनाउनुपर्छ : निखिल उप्रेती

images
images
बिहिवार, आश्विन ८ २०८३
बिहिवार, आश्विन ८ २०८३
  • काठमाडौँ । अभिनेता तथा निर्देशक निखिल उप्रेतीले नेपाली फिल्ममा विदेशी फिल्मको प्रभाव कम गर्दै नेपाली दर्शकलाई आफ्नै फिल्ममार्फत अन्तर्राष्ट्रिय स्तरको स्वाद र प्रस्तुति दिने प्रयासमा आफू रहेको बताए । यही प्रयास स्वरूप आफ्नो निर्देशन तथा अभिनय रहेको फिल्म ‘आचार्य’ निर्माण भएको उनको भनाई छ ।‘विदेशी फिल्मलाई नेपालमा प्रतिबन्ध लगाउन वा प्रदर्शन हुन नदिन सकिँदैन’, उप्रेतीले भने ‘अब नेपाली फिल्मले विदेशी फिल्मसँग प्रतिस्पर्धा गर्न सक्ने सक्षम बनाउँछु पर्छ ।’ नेपाल फिल्ममा विदेशी स्तरको प्रविधि, प्रस्तुति र विषयवस्तु दिन सके बिस्तारै विदेशी फिल्मको प्रभाव घटाउन सकिने उनको भनाई रहेको छ ।

    images
    images

    ‘हाम्रो देशमा खुला बजार छ । विश्वभरिका फिल्महरू हामीकहाँ आउँछन्। धेरै महँगा फिल्महरू आउँछन् र ती हेर्ने स्वतन्त्रता पनि दर्शकलाई छ,’ निखिलले थपे ‘तर हामी गरिब छौँ भनेर मेहनतमा गरिब नहोऔँ ।’निखिलका अनुसार ‘आचार्य’को कथा नेपाली भए पनि यसको प्रस्तुति अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउने प्रयास गरिएको छ। नेपाली कथालाई नेपालीपनमै राखेर आधुनिक प्रविधि र फरक सिनेमाटिक प्रस्तुतिमार्फत दर्शकमाझ लैजाने उद्देश्यले फिल्म निर्माण गरिएको उनले बताए ।‘आचार्य’ आगामी शुक्रबारदेखि प्रदर्शनमा आउँदैछ। फिल्ममा निखिल उप्रेतीसँगै पूर्णिका सिजापति, प्रमोद अग्रहरि तथा भारतीय कलाकारहरूको अभिनय छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend