images

२०८३ आश्विन १७ गते

images
images
images
  • समाचार
  • विपद्को जोखिममा ६४९ स्थान, ११ हजार...

विपद्को जोखिममा ६४९ स्थान, ११ हजार ७६३ सशस्त्र प्रहरी परिचालन

विपद्को जोखिममा ६४९ स्थान, ११ हजार ७६३ सशस्त्र प्रहरी परिचालन

images
images
बिहिवार, आश्विन ८ २०८३
बिहिवार, आश्विन ८ २०८३
  • काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले बिहीबारदेखि चार दिनसम्म वर्षा हुने अनुमान सार्वजनिक गरेपछि सम्भावित ठाउँमा पूर्वसचेतना अपनाइएको छ । धेरै वर्षा हुने आकलन गरिएको गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा उच्च सुरक्षा सतर्कता अपनाइएको हो ।नदी तटीय क्षेत्रमा सुरक्षाकर्मीले माइकिङ गर्न थालेका छन् । बागमती प्रदेशका रोशी, सुनकोशी, त्रिशुली, इन्द्रावती, मधेसका बलान खोला, बिहुल खोलाका तटीय क्षेत्रका साथै काठमाडौँ उपत्यकाका नदी तटीय क्षेत्रमा सचेतना गराउने काम भइरहेको प्रहरी प्रवक्ता (डीआईजी) अबि नारायण काफ्लेले  बताए ।

    images
    images

    सुरक्षा निकायहरूले वर्षाका कारण देशभरका ६४९ ठाउँलाई जोखिमपूर्ण स्थान पहिचान गरेका छन् । धेरै जोखिम देखिएको लुम्बिनी र गण्डकी प्रदेशमा प्रहरी प्रधान कार्यालयले थप मद्दत पठाएको छ । नेपाल प्रहरी विपद् प्रतिकार्य तथा तालिम केन्द्रबाट तालिम प्राप्त सुरक्षाकर्मी थप मद्दतको रूपमा लुम्बिनी र गण्डकीमा पठाइएको डीआईजी काफ्लेले बताए ।उनले भने, ‘बढी जोखिम देखिएको दुई वटा प्रदेशमा विपद् सम्बन्धी तालिम गरेका सुरक्षाकर्मी थपेका छौँ ।’सशस्त्र प्रहरी बलका ११ हजार ७६३ फौज जोखिमपूर्ण क्षेत्रमा परिचालन गरिएको छ । विपद् व्यवस्थापनको तालिम गरेका सुरक्षाकर्मीहरू जोखिमपूर्ण क्षेत्रमा परिचालन गरिएको सशस्त्र प्रहरीका प्रवक्ता (डीआईजी) नेत्रबहादुर कार्कीले  बताए । उनले भने, ‘जिल्ला विपद् व्यवस्थापन समितिले बनाएको योजना अनुसार हामीले सुरक्षाकर्मी परिचालन गरेका छौँ ।’

    सशस्त्र प्रहरीले जोखिम देखिएको ठाउँमा ८२ वटा र्‍याफ बोट र ५३ वटा मोटर बोट तयारी अवस्थामा राखेको छ । बोटसहितका तालिम प्राप्त गोताखोर र मेडिकल टिम जोखिमपूर्ण क्षेत्रमा परिचालन गरिएको डीआईजी कार्कीले जानकारी दिए । सशस्त्र प्रहरीले पनि नदी तटीय क्षेत्रका बस्तीहरूमा पूर्वसूचना दिने काम गरिरहेको छ ।तटीय क्षेत्रमा दाउरा सङ्कलन गर्ने वा अन्य काममा निस्केकाहरूलाई त्यहाँ हुनसक्ने सम्भावित विपद्बारे जानकारी गराउने काम भइरहेको डीआईजी कार्कीले बताए ।जोखिमपूर्ण पहिचान गरिएको ठाउँमा सशस्त्र प्रहरीले ड्रोनमार्फत खोजी र उद्धार गर्न सक्ने टोली पनि परिचालन गरेको छ । मधेस प्रदेशका ७४ ठाउँ जोखिमपूर्ण पहिचान गरिएको छ । कमला, चारनाथ, बलान खोला, बिहुल खोलाको तटीय क्षेत्र जोखिमपूर्ण पहिचान गरिएको छ ।काठमाडौँ उपत्यकामा ५२ स्थान जोखिमपूर्ण पहिचान गरिएको छ । मौसम ११ गतेसम्म सक्रिय रहने आकलन गरिएको छ । मौसम सक्रिय रहेसम्म सुरक्षाकर्मीलाई जोखिमपूर्ण क्षेत्रमा परिचालन गरिने सशस्त्रका डीआईजी कार्कीले बताए ।नेपाल प्रहरीका डीआईजी काफ्लेले जिल्ला विपद् व्यवस्थापन समितिको योजना अनुसार व्यापक सुरक्षा तयारी गरिएको बताए । उनले भने, ‘विपद् प्रतिकार्यको व्यापक तयारी गरेका छौँ ।’

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend