images

२०८३ आश्विन १७ गते

images
images
images
  • समाचार
  • विकल पौडेल विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ...

विकल पौडेल विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ सुरु

विकल पौडेल विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ सुरु

images
images
बिहिवार, आश्विन ८ २०८३
बिहिवार, आश्विन ८ २०८३
  • काठमाडौँ । सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल विरुद्धको गैरकानुनी सम्पत्ति आर्जन सम्बन्धी भ्रष्टाचार मुद्दामा सुनुवाइ सुरु भएको छ ।विशेष अदालतका अध्यक्ष  वासुदेव आचार्य र सदस्यहरू उमेश कोइराला र विदुर कोइरालाको इजलासमा गत भदौ २२ गतेदेखि ‘हेर्दाहेर्दै’ मा राखेर सुनुवाइ भइरहेको छ ।

    images
    images

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पौडेलले पत्नी एलिना बस्नेतको नाममा समेत सिंगापुर र अमेरिकामा रकम लुकाएको देखिएको भन्दै  ६२ करोड १९ लाख १८ हजार ६८४ रुपैयाँ २९ पैसा गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको अभियोगमा भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो । अख्तियारले पौडेलविरुद्ध २०८१ जेठ ९ मा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।आपूर्तिकर्ताबाट कमिसन लिएको देखिएको, त्यो रकम विभिन्न व्यक्तिको नाममा परिचालन भएको अख्तियारको दाबी छ । अख्तियारले विकल पौडेलमाथि अनुसन्धान हुँदा उनले ६२ करोड १९ लाख भ्रष्टाचार गरेको खुलेको, तर खोजबिन गर्दा ४४ करोड ५२ लाख मात्रै भेटिएको भन्दै उसले लुकाइएको १७ करोड ६६ लाख रुपैयाँ बराबरको सम्पत्ति जफत गर्न माग गरेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend