images

२०८३ आश्विन १७ गते

images
images
images
  • समाचार
  • असोज ११ सम्म धनकुटाका जोखिमयुक्त सडकमा...

असोज ११ सम्म धनकुटाका जोखिमयुक्त सडकमा राति सवारी निषेध

असोज ११ सम्म धनकुटाका जोखिमयुक्त सडकमा राति सवारी निषेध

images
images
बिहिवार, आश्विन ८ २०८३
बिहिवार, आश्विन ८ २०८३
  • काठमाडौँ । जिल्ला प्रशासन कार्यालय धनकुटाले असोज ११ गतेसम्म आफ्नो मातहतका विभिन्न सडकमा रातिको समयमा सवारी साधन सञ्चालनमा रोक लगाएको छ ।नेपाल मौसम विज्ञान विभागको मौसम बुलेटिन तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सूचना बमोजिम असोज ७ गते देखि ११ गतेसम्म धनकुटा जिल्ला लगायत देशका विभिन्न भू–भागमा अति भारी वर्षाको सम्भावना भएको हुँदा यस्तो बेला बाढी, पहिरो, कटान, गेग्रान बहाव, तथा डुबानको जोखिमसमेत हुने भएकाले सम्भावित धनजनको क्षतिलाई न्यूनीकरण गर्न रातको समयमा सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय गरिएको प्रशासन कार्यालयले जनाएको छ ।

    images
    images

    जिल्ला सुरक्षा समितिको निर्णय समेतको आधारमा रातको ७ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमनमा रोक लगाउने निर्णय गरिएको प्रशासन कार्यालयले सूचनामार्फत जनाएको हो । यसरी रातको समयमा सवारी सञ्चालन रोक लगाइएका सडकहरूमा भेडेटारदेखि रवि–राँके सडक खण्ड, मूलघाटदेखि पाँचथरको सिमानासम्म तमोर कोरिडर र भेडेटारदेखि तेह्रथमु, संखुवासभा, भोजपुर, पाँचथरसम्म जाने तथा फर्किने सवारी साधन तथा जोखिमयुक्त भित्री सडक रहेको जनाइएको छ ।उक्त अवधिमा अत्यन्त जरुरी नभई घरदेखि टाढा र रातिको समयमा यात्रा नगर्न पनि प्रशासन कार्यालयले सूचनामार्फत सबैमा आग्रह गरेको छ ।यो अवधिमा तीनवटै सुरक्षा निकाय, स्थानीय तह, स्वयंसेवक लगायत सरोकारवाला सवै निकाय प्रतिकार्यका लागि तयारी अवस्थामा रहने तथा सम्बद्ध आयोजनाले जोखिमयुक्त राजमार्ग र सडकहरूमा डोजर, एक्साभेटर, लोडर लगायतका साधन तयारी अवस्थामा राख्ने निर्णय भएको जनाइएको छ ।

    जिल्ला सुरक्षा समिति, स्थानीय तह, सुरक्षा निकाय, स्वयंसेवकले पूर्वसूचना र चेतावनी अनुसार जोखिमयुक्त स्थानमा बसोबास गर्ने व्यक्ति, घरपरिवारलाई विपद् प्रतिकार्य गर्नुपूर्व नै सुरक्षित स्थानमा स्थानान्तरण गर्ने, अकस्मात बाढी आउनसक्ने खोला, खहरेका नजिकका बस्ती, पहिरोको जोखिमयुक्त स्थान र खोला र नदी किनाराका बस्तीका वासिन्दाहरूलाई सतर्कता अपनाउन पनि आग्रह गरिएको छ ।वर्षा र बाढीबारे जानकारी लिन ११५५, विपदमा मद्दत माग्न १२३४, नेपाल प्रहरी १०० र सशस्त्र प्रहरी बल नेपालको १११४ हटलाइन नम्बर, जिल्ला प्रहरी कार्यालय धनकुटाको ९८५२०८०८५५, जिल्ला प्रशासन कार्यालय धनकुटाको ९८५२०७०१७७ नम्बर मोबाइलमा सेभ गरी राख्ने र आवश्यक पर्नासाथ फोन गर्नु पनि प्रशासन कार्यालयले सूचनामार्फत आग्रह गरेको छ ।

    images
    images

    823304443_2223814865151571_8041535610054146366_n

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend