images

२०८३ आश्विन १७ गते

images
images
images
  • समाचार
  • निरन्तर वर्षापछि मलेखु–मुग्लिन सडकमा उच्च सतर्कता...

निरन्तर वर्षापछि मलेखु–मुग्लिन सडकमा उच्च सतर्कता अपनाउन आग्रह

निरन्तर वर्षापछि मलेखु–मुग्लिन सडकमा उच्च सतर्कता अपनाउन आग्रह

images
images
बिहिवार, आश्विन ८ २०८३
बिहिवार, आश्विन ८ २०८३
  • काठमाडौँ । पृथ्वी राजमार्ग अन्तर्गत मलेखु–मुग्लिन सडक खण्डमा निरन्तर वर्षा भइरहेको भन्दै नागढुंगा–मुग्लिङ सडक योजनाले यात्रा गर्दा उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।   मौसम विज्ञान विभागले असोज ८ गतेदेखि १२ गतेसम्म देशभर भारी वर्षाको सम्भावना रहेको पूर्वानुमान गरेसँगै सडक योजनाले सूचना जारी गर्दै सतर्क रहन आग्रह गरेको हो।

    images
    images

    हाल उक्त सडक खण्डका अधिकांश स्थानहरूमा निरन्तर पानी परिरहेकाले खोला तथा नदी किनार (तटीय क्षेत्र) आसपास बसोबास गर्ने बासिन्दाहरूलाई सचेत र सुरक्षित रहन अपिल गरिएको छ।वर्षाका कारण पहिरो खस्ने तथा सडक अवरुद्ध हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै योजनाले अत्यावश्यक काम नपरी यात्रा नगर्न सुझाएको छ। य यात्रा गर्नै पर्ने बाध्यता भएमा मौसम र सडकको पछिल्लो अवस्थाबारे राम्रोसँग बुझेर मात्रै निस्कन भनिएको छ।साथै, प्रतिकूल मौसम र सडकको नाजुक अवस्थालाई मध्यनजर गर्दै सकेसम्म रात्रिकालीन यात्रा नगर्न सम्पूर्ण यात्रु तथा सवारी चालकहरूलाई नागढुंगा–मुग्लिङ सडक योजनाले विशेष आग्रह गरेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend