images

२०८३ आश्विन १५ गते

images
images
images
  • पूर्वाधार
  • कृष्णभिरमा लेदोसहितको पहिरो खस्दा पृथ्वी राजमार्ग...

कृष्णभिरमा लेदोसहितको पहिरो खस्दा पृथ्वी राजमार्ग एकतर्फी

कृष्णभिरमा लेदोसहितको पहिरो खस्दा पृथ्वी राजमार्ग एकतर्फी

images
images
अर्थ समाचार
बिहिवार, आश्विन ८ २०८३
अर्थ समाचार
बिहिवार, आश्विन ८ २०८३
  • काठमाडौँ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभिर नजिकै लेदोसहितको पहिरो खसेपछि राजमार्ग एकतर्फी भएको छ । शुक्रबार बिहान बेनीघाट रोराङ गाउँपालिका-७ स्थित कृष्णभिर भन्दा करिब १०० मिटर अगाडि लेदोसहितको पहिरो खसेका कारण राजमार्ग एकतर्फी सञ्चालनमा रहेको धादिङ प्रहरीले जनाएको छ ।

    images
    images

    यसैगरी बेनीघाट रोराङ गाउँपालिका-९ स्थित ज्यामिरेमा पनि पहिरो खसेको छ । प्रहरीका अनुसार सो क्षेत्रमा अहिले पनि पानी परिरहेको छ । १० र १४ भदौमा भोटेकोशी र त्रिशूली नदीमा आएको ठूलो बाढीले कृष्णभिरमा सडक कटान गर्दा १८ दिन पृथ्वी राजमार्ग अवरुद्ध बनेको थियो । कृष्णभिरमा नयाँ ट्र्याक खोलेर १ असोजदेखि पृथ्वी राजमार्ग सञ्चालनमा ल्याइएको थियो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend