images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • प्रधानमन्त्री राहत कोषमा तनहुँ ख्रिष्टियन समाजको...

प्रधानमन्त्री राहत कोषमा तनहुँ ख्रिष्टियन समाजको सहयोग

प्रधानमन्त्री राहत कोषमा तनहुँ ख्रिष्टियन समाजको सहयोग

images
images
बिहिवार, आश्विन ८ २०८३
बिहिवार, आश्विन ८ २०८३
  • दमौली (तनहुँ), ८ असोज । तनहुँ ख्रिष्टियन समाजले भोटेकोशी बाढी प्रभावितका लागि रु दुई लाख सहयोग प्रदान गरेको छ । 

    images
    images

    समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम दाखिला गरेको प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले राससलाई बताएका छन् । 

    समाजका अध्यक्ष कृष्णदेव श्रेष्ठले “बाढीपीडितको राहत र पुनःस्थापनाका लागि सरकारसँग हामी पनि छौँ भन्ने सन्देश दिन सहयोग गरेका हौँ”, भनेका छन् ।

    images
    images

    प्रमुख जिल्ला अधिकारी तिवारीले प्राप्त सहयोगप्रति आभार व्यक्त गरेका छन् । 

    यसैबीच, व्यास नगरपालिकाले भोटेकोशी बाढीपीडितको सहायतार्थ राहत कोष सञ्चालन स्थापना कोष स्थापना गरेको छ । कोषमा रु तीन लाख सङ्कलन भएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend