images

२०८३ आश्विन १७ गते

images
images
images

विकास निर्माणको कामलाई गति दिन निर्देशन

विकास निर्माणको कामलाई गति दिन निर्देशन

images
images
बिहिवार, आश्विन ८ २०८३
बिहिवार, आश्विन ८ २०८३
  • नेपालगञ्ज (बाँके), ८ असोज । लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री रत्न खत्रीले बुधबार प्रदेशमा सञ्चालित विकास आयोजनाको कामलाई थप गति दिँदै निर्धारित समयमा सम्पन्न गर्न निर्देशन दिएका छन् ।

    images
    images

    चालु आर्थिक वर्षका लागि मन्त्रालय अन्तर्गत सञ्चालनमा रहेका योजनालाई प्रभावकारी रुपमा अघि बढाउन उनले कार्यालय प्रमुखलाई निर्देशन दिएका छन् । मन्त्री खत्रीले विकास निर्माणका काममा अनावश्यक ढिलाइ स्वीकार्य नहुने उल्लेख गरेका छन् ।

    मन्त्री खत्रीले भने, “योजना निर्धारित समयमै सम्पन्न हुने गरी कार्यालय प्रमुखले नियमित अनुगमन र समन्वयलाई प्राथमिकता दिनुपर्छ । कार्यान्वयनका क्रममा समस्या देखिए त्यसलाई थाती राख्नेभन्दा तत्काल पहिचान गरी समाधानका लागि पहल गर्नुपर्छ ।”

    images
    images

    उनले विकास आयोजनाको सङ्ख्या मात्र बढाउने भन्दा पनि विनियोजित बजेटको प्रभावकारी उपयोग गर्दै नागरिकले प्रत्यक्ष लाभ पाउने गरी काम गर्नुपर्नेमा जोड दिएका छन् । आज सम्पन्न छलफलमा मन्त्रालयका सचिव राम पराजुलीसहित मन्त्रालय मातहतका कार्यालय प्रमुखको सहभागिता थियो । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend