images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • आजको राशिफलः २०८३ आश्विन ०८ गते...

आजको राशिफलः २०८३ आश्विन ०८ गते बिहिवार

आजको राशिफलः २०८३ आश्विन ०८ गते बिहिवार

images
images
बिहिवार, आश्विन ८ २०८३
बिहिवार, आश्विन ८ २०८३
  • मेष
    चु, चे, चो, ला, लि, लु, ले, लो, अ

    images
    images

    धार्मिक र सांस्कृतिक क्षेत्रमा प्रभाव बढ्नेछ। सानो प्रयासले राम्रो लाभार्जन गर्न सकिनेछ। युवाहरुलाई उच्च शिक्षामा नयाँ अवसरहरू मिल्नेछन्। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक ३ रहेको छ।

    वृष
    इ, उ, ए, ओ, वा, वि, वु, वे, वो

    images
    images

    कामको मेसो नमिल्दा कार्यक्षेत्रमा पछाडि परिनेछ। अरुको लागि बुद्धि र श्रम खर्च गर्नुपर्ला। मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ५ रहेको छ।

    मिथुन
    का, कि, कु, घ, ङ, छ, के, को, हा

    दाम्पत्य जीवन रमाइलो रहनेछ। जीवनसाथीको साथ र सहयोग पाइनेछ। कार्यक्षेत्रमा सहयोगीहरूबाट सद्भाव र नैतिक प्रोत्साहन पाइनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।

    कर्कट
    हि, हु, हे, हो, डा, डि, डु, डे, डो

    सकारात्मक सोचको साथ अगाडि बढ्नुहोस् सफलता मिल्नेछ। प्रतियोगी परीक्षामा सफलता मिल्नेछ। विपरीत परिस्थितीलाई पनि आफ्नो अनुकूल बनाउन सक्नुहुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ।

    सिंह
    मा, मि, मु, मे, मो, टा, टि, टु, टे

    शैक्षिक क्षेत्रमा सफलता मिल्नुका साथै बौद्धिक स्तरमा विकास हुनेछ। सामाजिक छविमा सकारात्मक वृद्धि हुनेछ। स्वास्थ्यले साथ दिनेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ५ रहेको छ।

    कन्या
    टो, पा, पि, पु, ष, ण, ठ, पे, पो

    धनार्जनका नयाँ स्रोतहरू फेलापर्नेछन् साथै वित्तीय पक्ष सबल रहनेछ। अध्ययन र ज्ञान सम्बन्धी प्रयासमा सफलता मिल्नेछ। व्यक्तिगत सौन्दर्य सामग्रीमा धनखर्च होला। आजको शुभ रंग कलेजी हो भने शुभ अंक १ रहेको छ।

    तुला
    रा, रि, रु, रे, रो, ता, ति, तु, ते

    मनोरञ्जनात्मक समय रहनेछ। कानुनी मुद्दा मामलाहरूले निर्णायक मोड लिनेछ। परिस्थितिले नयाँ मार्गतर्फ अग्रसर गराउनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ३ रहेको छ।

    वृश्चिक
    तो, ना, नि, नु, ने, नो, या, यि, यु

    प्रियजनको साथले रमाईलो र उत्साहवर्धक समय रहनेछ। व्यापार व्यवसायमा बोली बिक्नेछ। मेहनत वा परिश्रमले प्रतिपक्षीहरू पनि हजुरको सहयोगी बन्नेछन्। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ७ रहेको छ।

    धनु
    ये, यो, भा, भि, भु, धा, फा, ढा, भे

    नयाँ कार्य प्रारम्भ गर्ने समय रहेको छ। आम्दानी बढ्नाले कामप्रति उत्साह जाग्नेछ। श्रमको उचित मूल्यांकन पाइनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

    मकर
    भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

    कार्यक्षेत्रमा सफलता मिल्नेछ। मौसमी बिमारीबाट सचेत रहनुहोला साथै खानपानमा विशेष ध्यान दिनुपर्ने हुन्छ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। आर्थिक पक्षमा नयाँ आयस्रोतहरू बन्नेछन्। आजको शुभ रंग हरियो हो भने शुभ अंक १ रहेको छ।

    कुम्भ
    गु, गे, गो, सा, सि, सु, से, सो, दा

    नोकरी वा पेशामा गरिएको कामबाट जस पाइनेछ। राजनीतिक क्षेत्रमा प्रभाव बढ्नेछ। यात्रा गर्दा आफ्नो सामानको सुरक्षा स्वयं राखौं। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ।

    मीन
    दि, दु, थ, झ, ञ, दे, दो, चा, चि

    नयाँ कुरा सिक्नेभन्दा सिकेको ज्ञान प्रयोग गर्ने अवसर मिल्नेछ। टाढाको यात्राबारे सोच बन्न सक्छ। मनमा रहेको एउटा पुरानो डर घट्दै जानेछ। पेटलाई हलुका राख्नु राम्रो। आजको शुभ रंग सेतो हो भने शुभ अंक १ रहेको छ।

    तपाईँको दिन शुभ रहोस् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend