images

२०८३ आश्विन १५ गते

images
images
images
  • विश्व
  • चिनियाँ राष्ट्रपति सी जिनपिङको वासिङ्टन भ्रमण...

चिनियाँ राष्ट्रपति सी जिनपिङको वासिङ्टन भ्रमण सुरु

चिनियाँ राष्ट्रपति सी जिनपिङको वासिङ्टन भ्रमण सुरु

images
images
बुधवार, आश्विन ७ २०८३
बुधवार, आश्विन ७ २०८३
  • वासिङ्टन । चिनियाँ राष्ट्रपति सी जिनपिङले बुधबार अमेरिकाको तीनदिने राजकीय भ्रमण सुरु गरेका छन् । उनलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वासिङ्टन बाहिरको ज्वाइन्ट बेस एन्ड्र्युजमा विमानस्थलमै पुगेर स्वागत गर्नेछन् । एक दशकभन्दा बढी समयपछि हुन लागेको सीको पहिलो राजकीय भ्रमणका क्रममा उनलाई विशेष सम्मानसहित स्वागत गर्ने तयारी गरिएको छ ।भ्रमणका क्रममा व्यापार, कृत्रिम बौद्धिकता, दुर्लभ खनिज, इरान र ताइवानलगायत विषयमा दुई नेताबीच छलफल हुने अपेक्षा गरिएको छ । व्यापार तथा अन्य विषयमा मतभेद कायमै रहे पनि भ्रमणलाई अमेरिका–चीन सम्बन्धमा संवाद र रणनीतिक स्थिरता कायम गर्ने प्रयासका रूपमा हेरिएको छ ।

    images
    images

    बिहीबार ह्वाइट हाउसमा औपचारिक स्वागत समारोह, सैन्य सम्मान तथा राजकीय रात्रिभोज आयोजना हुनेछ । रात्रिभोजमा प्रविधि क्षेत्रका प्रमुख व्यक्तित्व सहभागी हुनेछन् । शुक्रबार सी र उनकी श्रीमती पेङ लियुआनले ट्रम्प तथा प्रथम महिला मेलानिया ट्रम्पसँग चिया भेट गर्नुका साथै राष्ट्रिय अभिलेखालयको भ्रमण गर्नेछन् ।यसअघि मेमा ट्रम्पले चीन भ्रमण गर्दा सी स्वयं उनलाई स्वागत गर्न पुगेका थिएनन् । चिनियाँ उपराष्ट्रपति हान झेङले उनलाई स्वागत गरेका थिए । त्यस क्रममा बेइजिङमा अमेरिकी राष्ट्रपतिको विमानलाई रातो गलैँचा, सैन्य सम्मान गार्ड, सैन्य ब्यान्ड र झन्डा बोकेका सयौँ बालबालिकाले स्वागत गरेका थिए ।अमेरिकी सिनेटको सशस्त्र सेवा समितिका रिपब्लिकन अध्यक्ष रोजर विकरले भने सीलाई दिइएको भव्य स्वागतप्रति असहमति जनाएका छन्। उनले चीनको सैन्य विस्तार र इरानप्रतिको चीनको समर्थनलगायत विषयमा वार्ताका क्रममा ध्यान दिनुपर्ने बताए । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend