images

२०८३ आश्विन १५ गते

images
images
images
  • अन्य
  • पूर्वप्रधानमन्त्री माधव भोटेकोशी बाढी प्रभावित...

पूर्वप्रधानमन्त्री माधव भोटेकोशी बाढी प्रभावित क्षेत्रको अवलाेकनमा

पूर्वप्रधानमन्त्री माधव भोटेकोशी बाढी प्रभावित क्षेत्रको अवलाेकनमा

images
images
बुधवार, आश्विन ७ २०८३
बुधवार, आश्विन ७ २०८३
  • काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी(नेकपा) का सह–संयोजक माधव कुमार नेपाल भोटेकोशी बाढी प्रभावित जिल्लाको अवलाेकनमा निस्किएका छन् । विनाशकारी बाढी आएको २१ दिनपछि नेपाल नेतृत्वको टोली प्रभावित क्षेत्रको अवलाेकनमा निस्किएका हुन् ।  भोटेकोशी बाढीबाट पीडितहरूलाई राहत वितरण तथा प्रभावित क्षेत्रको स्थलगत अवलाेकनमा प्रभावित क्षेत्रमा गएको प्रवक्ता प्रकाश ज्वालाले बताए । धादिङको गल्छी, महेश दोभानमा अनुगमनपछि टोली अहिले नुवाकोटतर्फ गएको छ । बेत्रावतीसम्म पुगेर टोली काठमाडौँ फर्किन ज्वालाले जानकारी दिए । 

    images
    images

    भदौ १० गते नेपाल–चीन सीमा क्षेत्रमा चट्टानसहितको हिम पहिरो सहित आएको विनासकारी बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा लगायत जिल्लामा ठुलो जनधनको क्षति भएको थियो । नेपालको टोलीमा प्रवक्ता ज्वाला, पूर्वमुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे लगायत नेताहरू सहभागी छन् । यसअघि पूर्वप्रधानमन्त्री एवं संयोजक पुष्पकमल दाहाल प्रचण्ड बाढी प्रभावित क्षेत्रमा गएका थिए ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend