काठमाडौँ । सूर्यविनायक धुलिखेल सडक आयोजना अन्तर्गत साँगादेखि धुलिखेलसम्मको सडकखण्डमा निर्माण कार्य तीव्र गतिमा अघि बढेको छ। हाल साँगादेखि महादेवखोलासम्म कालोपत्रे गर्ने काम भइरहेको छ।
त्यस्तै, बनेपा बजार क्षेत्रमा पर्खाल, नाली तथा ढल निर्माण, विभिन्न स्थानमा मिडियन निर्माण र सर्भिस लेनमा बेस निर्माणको काम अघि बढेको पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले जानकारी दिए । आयोजनाको निर्माण कार्यलाई प्राथमिकतामा राख्दै पूर्वाधार विकास मन्त्रालयले आवश्यक सहजीकरण र निरीक्षण गरिरहेको उनको भनाइ छ ।




.gif)



