images

२०८३ आश्विन १५ गते

images
images
images
  • विश्व
  • पोल्याण्डको विदेश मन्त्रालयले हटायो परराष्ट्रमन्त्री खनालसँगको...

पोल्याण्डको विदेश मन्त्रालयले हटायो परराष्ट्रमन्त्री खनालसँगको भेट सम्बन्धी विवादास्पद पोस्ट

पोल्याण्डको विदेश मन्त्रालयले हटायो परराष्ट्रमन्त्री खनालसँगको भेट सम्बन्धी विवादास्पद पोस्ट

images
images
मंगलवार, आश्विन ६ २०८३
मंगलवार, आश्विन ६ २०८३
  • काठमाडौँ  । नेपालका परराष्ट्रमन्त्री शिशिर खनालसँग न्यूयोर्कमा भेटवार्ता गरेको केही समयपछि पोल्याण्डका उपप्रधानमन्त्री तथा विदेशमन्त्री राडोस्लाव सिकोरस्कीले सामाजिक सञ्जाल ‘एक्स’मा राखेको नेपालसम्बन्धी पोस्ट परिमार्जन गर्दै त्यसको संशोधित संस्करण सार्वजनिक गरेका छन् ।संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका क्रममा भएको भेटपछि पोल्याण्डको विदेश मन्त्रालयको आधिकारिक ‘एक्स’ खाताबाट पहिलो पोस्टमा पोल्याण्डले नेपालको ‘सकारात्मक राजनीतिक तथा आर्थिक विकास’मा विशेषज्ञ सहयोगसहित समर्थन गर्ने र युक्रेनप्रति नेपालको समर्थनको प्रशंसा गर्ने तथा रुसले नेपाली नागरिकको शोषण गरेकोमा निन्दा गर्नुका साथै नेपालीलाई युक्रेनमा लड्न बाध्य पारिएको उल्लेख गरिएको थियो ।

    images
    images

    पछि उक्त पोस्ट हटाएर अर्को पोस्ट राखिएको छ । संशोधित पोस्टमा पनि नेपालमा सकारात्मक राजनीतिक तथा आर्थिक परिवर्तनका लागि पोल्याण्डको समर्थन र नेपालको युक्रेनप्रतिको समर्थनप्रति प्रशंसा दोहोर्‍याइएको छ भने ‘युक्रेनमा लड्न बाध्य बनाइएका नेपाली नागरिकलाई रुसले गरेको शोषण’ भन्ने आसयको बुँदा हटाइएको छ ।राष्ट्रसंघको महासभामा सहभागी हुन न्यूयोर्क पुगेका परराष्ट्रमन्त्री खनालले पोल्याण्डका विदेशमन्त्री सिकोरस्कीसहित विभिन्न विदेशी उच्च अधिकारीसँग भेटवार्ता गरेका छन् । केही सञ्चारमाध्यमका अनुसार, सिकोरस्कीसँगको भेटमा नेपालका नागरिकलाई रुसी सेनामा प्रयोग गरिएको विषय पनि उठेको थियो ।यसअघि नेपाल सरकारले पनि रुसी सेनामा नेपाली नागरिकको भर्तीप्रति आफ्नो आपत्ति जनाउँदै आएको छ । परराष्ट्र मन्त्रालयले अप्रिल २०२६ मा युक्रेनी विदेशमन्त्रीसँगको कुराकानीका क्रममा नेपालले परम्परागत सम्झौता भएका देशबाहेक अन्य कुनै विदेशी सेनामा नेपाली नागरिकको भर्ती अनुमति नदिने स्पष्ट गरेको थियो ।

    युक्रेनप्रतिको नेपालको समर्थन र पञ्चशील

    images
    images

    819130024_1712416804224539_3556942160492359520_n

    पोल्याण्डको पोस्टले नेपालले युक्रेनप्रति व्यक्त गरेको समर्थनलाई सकारात्मक रूपमा उल्लेख गरे पनि यसले नेपालको परम्परागत पञ्चशील, असंलग्नता र स्वतन्त्र परराष्ट्र नीतिसँग यसको सम्बन्धबारे बहस पनि जन्माउन सक्छ ।नेपालको संविधानको धारा ५१ अनुसार राज्यले अन्तर्राष्ट्रिय सम्बन्ध सञ्चालन गर्दा संयुक्त राष्ट्रसंघको बडापत्र, असंलग्नता, पञ्चशीलका सिद्धान्त, अन्तर्राष्ट्रिय कानुन र विश्वशान्तिका मान्यतामा आधारित स्वतन्त्र परराष्ट्र नीति अवलम्बन गर्ने उल्लेख छ । नेपालको परराष्ट्र मन्त्रालयले पनि पारस्परिक सार्वभौमिकता तथा भौगोलिक अखण्डताको सम्मान, एक–अर्काको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने, अनाक्रमण र विवादको शान्तिपूर्ण समाधानलाई आधारभूत सिद्धान्तका रूपमा उल्लेख गरेको छ ।पञ्चशीलको दृष्टिले हेर्दा कुनै एउटा पक्षको सैन्य वा राजनीतिक पक्षधरता लिने कदम असंलग्नता, अनाक्रमण र आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने सिद्धान्तसँग मेल खाने देखिँदैन ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend