images

२०८३ आश्विन १५ गते

images
images
images
  • समाचार
  • प्रधानमन्त्री शाह र मलेसियाली समकक्षी इब्राहिमबीच...

प्रधानमन्त्री शाह र मलेसियाली समकक्षी इब्राहिमबीच टेलिफोन वार्ता, श्रमिक समस्याबारे छलफल

प्रधानमन्त्री शाह र मलेसियाली समकक्षी इब्राहिमबीच टेलिफोन वार्ता, श्रमिक समस्याबारे छलफल

images
images
मंगलवार, आश्विन ६ २०८३
मंगलवार, आश्विन ६ २०८३
  • काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमसँग टेलिफोन वार्ता गरेका छन्। मंगलबार बिहान भएको टेलिफोन वार्तामा नेपाल–मलेसिया वैदेशिक रोजगारीका क्षेत्रमा देखिएका समस्या तथा त्यसको समाधानका विषयमा छलफल भएको छ।छलफलका क्रममा प्रधानमन्त्री शाहले नेपाल र मलेसियाबीचको वैदेशिक रोजगारीलाई मर्यादित, पारदर्शी र शोषणमुक्त बनाउनुपर्नेमा जोड दिएको बालेनको सचिवालयले जनाएको छ। उनले मलेसियाको रोजगारी क्षेत्रमा रहेको सिन्डिकेट तथा बिचौलिया प्रथा नेपाल सरकारलाई स्वीकार्य नरहेको स्पष्ट पारेका छन्।

    images
    images

    शाहले यस्ता अव्यावहारिक तथा अन्यायपूर्ण प्रवृत्तिको स्थायी समाधानका लागि नेपाल र मलेसियाबीच संयुक्त पहल आवश्यक रहेको बताए।‘हामीलाई सिन्डिकेट र बिचौलियातन्त्र मन पर्दैन र यो कुनै पनि हालतमा स्वीकार्य छैन। यसले श्रमिकलाई मारमा पारेको छ,’ शाहले इब्राहिमसँग भनेन्, ‘त्यसैले तपाईंका श्रममन्त्रीलाई हाम्रा श्रममन्त्रीसँग प्रत्यक्ष वार्तामा बस्न र यो समस्या सधैँका लागि हटाउन आवश्यक कदम चाल्न आग्रह गर्दछु।’प्रधानमन्त्री शाहको धारणा सकारात्मक रूपमा लिँदै मलेसियाका प्रधानमन्त्री इब्राहिमले पनि आफू सिन्डिकेट र बिचौलिया प्रथाको विरुद्धमा रहेको बताएको सचिवालयको भनाइ छ । उनले यस विषयमा मलेसियाका श्रममन्त्रीलाई तत्काल नेपाली समकक्षीसँग समन्वय गरी काम अघि बढाउन निर्देशन दिने प्रतिबद्धता जनाएको बताइएको छ ।

    इब्राहिमले भने, ‘यस्तो गलत र शोषणकारी परिपाटीको म पनि पूर्ण विरुद्धमा छु। म तुरुन्तै हाम्रा श्रममन्त्रीलाई यस विषयमा नेपाली समकक्षीसँग छलफल गरी ठोस निकास निकाल्न निर्देशन दिन्छु।’केही समयअघि मलेसियाले विदेशी श्रमिक केन्द्रीकृत व्यवस्थापन प्रणाली (एफडब्लूसीएमएस) मा नेपालका निश्चित म्यानपावर कम्पनीलाई मात्रै सूचीकृत गरेपछि यस विषयमा विवाद हुँदै आएको छ। जसका कारण नेपालीका कलागि रोजगारी फेरि ठप्प हुनसक्ने टिकाटिप्पणी हुँदै आएको छ । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend