images

२०८३ आश्विन १५ गते

images
images
images

चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध हुँदा जनजीवन प्रभावित

चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध हुँदा जनजीवन प्रभावित

images
images
आइतवार, आश्विन ४ २०८३
आइतवार, आश्विन ४ २०८३
  • म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिकाको चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध हुँदा दुई वडाका बासिन्दाको जनजीवन प्रभावित बनेको छ ।रघुगङ्गा गाउँपालिका–७ चिमखोलास्थित मलाङमा पहिरो खसेर सडक बगाएपछि गत असार अन्तिम सातादेखि आवतजावत, ढुवानी तथा कृषि र पशुजन्य वस्तु बजारमा बिक्री गर्न समस्या भएको हो ।रघुगङ्गा गाउँपालिका–८ मङ्गलेखानीका नरप्रसाद छन्त्यालले सडक अवरुद्ध हुँदा बिरामीलाई अस्पताल पुर्‍याउन, गाउँपालिकाको केन्द्र तथा जिल्ला सदरमुकाम आवतजावत गर्न र खाद्यान्न तथा दैनिक उपभोग्य वस्तु ढुवानी गर्न समस्या भएको बताए । आलु, टुसालगायत कृषिउपज बजार पठाउन पनि समस्या भएको उनले बताए ।

    images
    images

    सडक अवरुद्ध भएपछि रघुगङ्गा गाउँपालिका–७ को नामिला तथा वडा नं ८ का मङ्गलेखानी, घ्याँसीखर्क, चौरखानी, ढाँड, दुवाडी र पात्लेखर्क बस्ती यातायात सम्पर्कबाट विच्छेद भएका छन् ।यो सडक चिमखोला–राहुघाट–मङ्गलेको बाँध, ठूलोखोला र माथिल्लो ठूलोखोला जलविद्युत् आयोजनास्थल पुग्ने पहुँचमार्गका रूपमा प्रयोग हुँदै आएको छ । यही सडक भएर धौलागिरि आइसफल र धार्मिकस्थल रिखार पनि पुग्न सकिन्छ ।मलाङमा करिब ४०० मिटर दूरीमा पहिरोले सडक क्षतविक्षत बनाएको छ । पहिरो प्रभावित क्षेत्रमा पैदलयात्रा गर्नसमेत जोखिम रहेको छ । पहिरोको तलतिर राहुघाट नदी रहेकाले थप जोखिम छ । माथिल्लो भागको पाखोबाट निरन्तर पहिरो खस्ने गरेको छ ।ठूलो आकारको पहिरो भएकाले पछिल्लो पाँच वर्षयता हरेक वर्ष बर्खायाममा मलाङमा यातायात सेवा अवरुद्ध हुने गरेको छ ।रघुगङ्गा गाउँपालिका–८ का वडाध्यक्ष गमान छन्त्यालले वर्षात् हुनेबित्तिकै पहिरो खस्ने भएकाले सडक खुलाउन समस्या भएको बताए । मनसुन बाहिरिएपछि मलाङमा खसेको पहिरो पन्छाएर यातायात सञ्चालनका लागि पहल गरिने उनले बताए ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend