images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी...

जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै

जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै

images
images
शुक्रवार, आश्विन २ २०८३
शुक्रवार, आश्विन २ २०८३
  • चितवन । चितवन राष्ट्रिय निकुञ्जको भित्री भागका सडक सरसफाइ सुरु गरिएको छ । जिप सफारीलाई नियमित तथा व्यवस्थित बनाउन वर्षात्का समयमा निकुञ्जभित्रको सडकमा फैलिएको झाडी पन्छाउने काम सुरु गरिएको हो ।निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार निकुञ्जको ३० किलोमिटर सडकको दायाँ बायाँ रहेका झाडी पन्छाउने काम सुरु गरिएको हो । निकुञ्जमा गस्ती र जिप सफारीको तयारीस्वरुप झाडी पन्छाउने र सडकको अवस्था हेरी स्तरोन्नतिको काम सुरु गरिएको उनले जानकारी दिए ।

    images
    images

    उनका अनुसार अहिले सडक सरसफाइका लागि दैनिक १० जना मजदुर काममा खटिएका छन् । उनले भने, “आवश्यकता अनुसार कामदार प्रयोग गरेर सडक सरसफाइ सुरु गरिएको छ ।”यही असोज १७ गतेदेखि जिप सफारी सञ्चालन गर्नेगरी निकुञ्जभित्रको सडकमा भएका खाल्डाखुल्डी पुर्ने, पुल मर्मत गर्नेलगायत काम गर्न लागिएको हो । सौराहाका पर्यटन व्यवसायीको सक्रियतामा सरसफाइ र मर्मतको काम गर्न लागिएको उनले जानकारी दिए ।गत असार १७ गतेदेखि निकुञ्जभित्र जिप सफारी बन्द भएको थियो । यस निकुञ्जमा पर्यटन व्यवसायीले सौराहा, कसरा, मेघौली, माडी र पूर्वी नवलपरासीका विभिन्न क्षेत्रबाट जिप सफारी गराउँदै आएका छन् । निकुञ्जमा एकसिङ्गे गैँडा, पाटेबाघ, हात्ती, भालु, घडीयाल गोहीलगायत जनावर हेर्नका पर्यटक आउने गर्दछन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend