images

२०८३ आश्विन १६ गते

images
images
images

समयमै काम नगर्ने ५ ठेकेदार कालोसूचीमा

समयमै काम नगर्ने ५ ठेकेदार कालोसूचीमा

images
images
शुक्रवार, आश्विन २ २०८३
शुक्रवार, आश्विन २ २०८३
  • काठमाडौँ ।  सार्वजनिक खरिद अनुगमन कार्यालयले नियमविपरीत काम गर्ने ५ निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई दुई वर्षका लागि कालोसूचीमा राखेको छ। कार्यालयले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम एक सूचना जारी गर्दै उनीहरूलाई कालोसूचीमा राखिएको औपचारिक जानकारी कालोसूचीमा राखिएको अवधिभर सम्बन्धित निर्माण व्यवसायी तथा आपूर्तिकर्ताले सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नपाउने कार्यालयले जनाएको छ ।

    images
    images

    कार्यालयका अनुसार पूर्वाधार विकास कार्यालय, झापाको सिफारिसका आधारमा नागार्जुन/नीलगिरी जेभीलाई कालोसूचीमा राखिएको छ । उक्त जेभीका मुख्य व्यक्ति ध्रुवराज डाँगी रहेका छन् । सोही कार्यालयको सिफारिसका आधारमा गोविन्द प्रसाद पण्डित मुख्य व्यक्ति रहेको नागार्जुन कन्स्ट्रक्सन कम्पनी प्रालि र युवराज डाँगी मुख्य व्यक्ति रहेको निलगिरी निर्माण सेवा प्रालिलाई पनि दुई वर्षका लागि कालोसूचीमा राखिएको छ । त्यस्तै, फिक्कल गाउँपालिकाको सिफारिसका आधारमा हिमानी काब्य कन्स्ट्रक्सन सेवालाई दुई वर्षका लागि कालोसूचीमा राखिएको छ । उक्त निर्माण व्यवसायीका मुख्य व्यक्ति बाबुराम तामाङ रहेका छन् ।, कालिका नगरपालिकाको सिफारिसका आधारमा अभर्न कन्स्ट्रक्सन प्रालिलाई पनि दुई वर्षका लागि कालोसूचीमा राखिएको छ । उक्त कम्पनीका मुख्य व्यक्ति अभिषेक गोले रहेका छन् । कार्यालयका अनुसार, कालोसूचीमा राखिएका निर्माण व्यवसायी तथा आपूर्तिकर्ताले तोकिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन सक्दैनन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend