काठमाडौं । जामाचो रानीबन क्लबले विजयादशमी तथा शुभ दीपावलीको अवसर पारेर डबल ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्ने भएको छ।
नागार्जुन नगरपालिका–१, रानीबन काठमाडौंमा रहेको क्लबको आयोजनामा हुने प्रतियोगिता २०८३ साल आश्विन ३ गतेदेखि आश्विन १७ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगितामा खेलप्रेमी तथा शुभेच्छुकहरूको सहभागिता रहने आयोजकले जनाएको छ।
क्लबका अनुसार प्रतियोगिताका खेलहरू प्रत्येक दिन बिहान ५ः३० बजेदेखि ७ः३० बजेसम्म सञ्चालन हुनेछन्। प्रतियोगिता पानी ट्याङ्की, रानीबनस्थित ब्याडमिन्टन खेल मैदानमा आयोजना गरिनेछ।
विजयादशमी तथा शुभ दीपावलीको अवसरमा आयोजना गरिएको प्रतियोगिता मार्फत स्थानीय स्तरमा खेलकुद गतिविधिलाई प्रोत्साहन गर्नुका साथै खेलाडीबीच आपसी सम्बन्ध र स्वस्थ प्रतिस्पर्धाको वातावरण निर्माण गर्ने उद्देश्य रहेको क्लबले जनाएको छ।
क्लबले प्रतियोगितामा सहभागी हुने खेलाडी, खेलप्रेमी, शुभेच्छुक तथा स्थानीयवासीलाई कार्यक्रममा उपस्थित भई प्रतियोगिताको शोभा बढाउन आग्रह गरेको छ।
साथै जामाचो रानीबन क्लबले विजयादशमी तथा शुभ दीपावलीको अवसरमा सम्पूर्ण खेलप्रेमी, शुभेच्छुक तथा सर्वसाधारणमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गरेको छ।
कार्यक्रम विवरणः
प्रतियोगिताः डबल ब्याडमिन्टन प्रतियोगिता–२०८३
मितिः २०८३ आश्विन ३ गतेदेखि १७ गतेसम्म
समयः बिहान ५ः३० बजेदेखि ७ः३० बजेसम्म
स्थानः ब्याडमिन्टन खेल मैदान, पानी ट्याङ्की, रानीबन, काठमाडौं
आयोजकः जामाचो रानीबन क्लब, रानीबन, काठमाडौं




.gif)





