images

२०८३ आश्विन २० गते

images
images
images
  • विमा
  • प्रभु महालक्ष्मी लाइफको नाफा २५.७४ ...

प्रभु महालक्ष्मी लाइफको नाफा २५.७४ प्रतिशतले बढ्यो

प्रभु महालक्ष्मी लाइफको नाफा २५.७४ प्रतिशतले बढ्यो

images
images
सोमवार, कार्तिक २६ २०८१
सोमवार, कार्तिक २६ २०८१
  • काठमाडौं ।  प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ।

    images
    images

    उक्त विवरण अनुसार अवधिमा १२ करोड ६२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा २५.७४ प्रतिशतको वृद्धि हो । अघिल्लो वर्षको नाफा १० करोड ३ लाख रुपैयाँ थियो।

    कम्पनीको महाविपत्ति कोषमा ९ करोड ६९ लाख रुपैयाँ र रिटेन्ड अर्निङमा ६२ करोड २५ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्षको असार महिनासम्मको तुलनामा महाविपत्ति कोषमा ६.९६ प्रतिशतको वृद्धि भएको छ भने रिटेन्ड अर्निङ ३४.८९ प्रतिशत घटेको छ। कम्पनीको जीवन बीमा कोषमा १० अर्ब ९९ करोड ७२ लाख रुपैयाँ रहेको छ । जुन अघिल्लो वर्षको तुलनामा ४५.७७ प्रतिशतको वृद्धि हो। 

    images
    images

    साथै, कम्पनीले १ अर्ब २० करोड ७१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । जुन अघिल्लो वर्षको १ अर्ब १५ करोड १५ लाख रुपैयाँको तुलनामा ४.८३ प्रतिशतको वृद्धि हो।खुद बीमाशुल्क आर्जन १ अर्ब १७ करोड २९ लाख रुपैयाँ पुगेको छ, जसमा ४.१८ प्रतिशतको वृद्धि भएको छ। कम्पनीको सेयरपुँजी ४ अर्ब ७२ करोड ५६ लाख रुपैयाँ रहेको छ। 

    यस वित्तीय प्रगतिको परिणाम स्वरूप, कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी १०.६९ रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको ९.३५ रुपैयाँको तुलनामा वृद्धि भएको हो। 

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend