images

२०८३ आश्विन १९ गते

images
images
images
  • समाचार
  • भोटेकोशी बाढीपछि नेकपाले पारित गर्‍यो २४...

भोटेकोशी बाढीपछि नेकपाले पारित गर्‍यो २४ बुँदे विशेष प्रस्ताव

भोटेकोशी बाढीपछि नेकपाले पारित गर्‍यो २४ बुँदे विशेष प्रस्ताव

images
images
सोमवार, भाद्र २२ २०८३
सोमवार, भाद्र २२ २०८३
  • काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले भोटेकोशी र त्रिशूली नदीमा आएको प्रलयकारी बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा भएको ठूलो जनधनको क्षतिप्रति गम्भीर चिन्ता व्यक्त गर्दै २४ बुँदे विशेष प्रस्ताव पारित गरेको छ।पार्टी केन्द्रीय कार्य संयोजन समितिको आइतबार बसेको बैठकले बाढी प्रभावित क्षेत्रमा खोजी तथा उद्धार, राहत, पुनर्स्थापना र पुनर्निर्माणका कामलाई प्रभावकारी बनाउन सरकारसमक्ष विस्तृत माग तथा योजनासहित विशेष प्रस्ताव पारित गरेको हो।पार्टीका प्रवक्ता प्रकाश ज्वालाद्वारा जारी विज्ञप्तिअनुसार बैठकले बाढीमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ। साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।

    images
    images

    बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतलाई प्राथमिकतामा राख्दै दीर्घकालीन पुनर्स्थापना र पुनर्निर्माणलाई समेत व्यवस्थित बनाउन सरकारलाई आग्रह गरिएको पार्टीले जनाएको छ।नेकपाले विपद्बाट प्रभावित नागरिकलाई आवश्यक सहयोग पुर्‍याउन आफ्ना सम्पूर्ण नेता, कार्यकर्ता तथा जनवर्गीय संगठनहरूलाई सक्रिय रूपमा राहत, पुनर्स्थापना र पुनर्निर्माणका काममा परिचालन हुनसमेत आह्वान गरेको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend