images

२०८३ आश्विन १९ गते

images
images
images
  • समाचार
  • भोटेकोशी बाढीपीडितका लागि बालबाटिका पाठशालाका विद्यार्थीले...

भोटेकोशी बाढीपीडितका लागि बालबाटिका पाठशालाका विद्यार्थीले जुटाए राहत

भोटेकोशी बाढीपीडितका लागि बालबाटिका पाठशालाका विद्यार्थीले जुटाए राहत

images
images
सोमवार, भाद्र २२ २०८३
सोमवार, भाद्र २२ २०८३
  • काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नम्बर १६ स्थित बालबाटिका पाठशालाका विद्यार्थी र विद्यालय परिवारले राहत सामग्री हस्तान्तरण गरेको छ ।  भदौ १० गते भोटेकोसी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावित नुवाकोटका पीडितहरूका लागि राहत सामग्री संकलन गरेर हस्तान्तरण गरिएको विद्यालयका प्रधानाध्यापक रमेश प्रसाईं जानकारी दिए ।   संकलित चामल, नुन, बिस्कुट लगायतका खाद्य सामग्रीहरू तेक्वान्दो प्रशिक्षक फिरोज श्रेष्ठ, नुवाकोट तेक्वान्दो संघ तथा सूर्यगढी नव युवा क्लबलाई हस्तान्तरण गरिएको उनले बताए । क्लबमार्फत उक्त सामग्री प्रत्यक्ष प्रभावित क्षेत्रमा पुर्‍याइएको प्रसाईंले जानकारी दिए । यसैबिच सरकारले घोषणा गरेको शोक दिवसको सन्दर्भ पारेर सोमबार विद्यालयमा बाढीमा परी ज्यान गुमाएकाहरूको आत्माको शान्तिको कामना गर्दै दीप प्रज्वलन गरिएको छ। सो अवसरमा विद्यार्थी र शिक्षकहरूले पीडितहरूप्रति ऐक्यबद्धता जनाउँदै विद्यालय परिसरमा मैनबत्ती बालेका थिए । 

    images
    images

    विद्यालयका प्रधानाध्यापक रमेश प्रसाईंले यस दुःखद घडीमा विद्यार्थीहरूमा सामाजिक उत्तरदायित्व र मानवीय सेवाको भावना विकास गर्न विद्यालयको तर्फबाट प्रयास गरिएको बताए । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend