images

२०८३ आश्विन १९ गते

images
images
images
  • समाचार
  • प्रवासी नेपाली मञ्च युरोपको अध्यक्षमा शालिक...

प्रवासी नेपाली मञ्च युरोपको अध्यक्षमा शालिक थपलिया चयन

प्रवासी नेपाली मञ्च युरोपको अध्यक्षमा शालिक थपलिया चयन

images
images
सोमवार, भाद्र २२ २०८३
सोमवार, भाद्र २२ २०८३
  • काठमाडौँ । प्रवासी नेपाली मञ्च युरोपको प्रथम अधिवेशनले शालिक थपलियाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। स्पेनको बार्सिलोनामा सोमबार सम्पन्न अधिवेशनले ८ बुँदे घोषणा–पत्रसमेत जारी गरेको छ।अधिवेशनबाट बेल्जियमका थपलियाको अध्यक्षतामा कार्यसमिति चयन भएको हो। समितिको उपाध्यक्षमा विनोद न्यौपाने (बेल्जियम), सचिवमा राघवेन्द्र प्रताप कार्की ‘रबिन’ (डेनमार्क) तथा उपसचिवमा राजेश्वरी थापा (अष्ट्रिया) र गोविन्द साकोटा (यूके) चयन भएका छन्।त्यस्तै सदस्यहरूमा सुनिल रानाभाट (स्पेन), ईश्वर देवकोटा (पोल्याण्ड), केदार थपलिया (यूके), केशवराज पाण्डे (नेदरल्याण्ड), तिलक भट्टराई (यूके) र तुलसीनाथ सुवेदी (बेल्जियम) चयन भएका छन्।

    images
    images

    नेकपा एमालेका केन्द्रीय सचिव भानुभक्त ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनमा केन्द्रीय सदस्य एवं यूरोप–ओसियाना इन्चार्ज सञ्जय थापा, केन्द्रीय सदस्य एवं पूर्व प्रमुख सचेतक महेश बर्तौला, केन्द्रीय सदस्य तथा संगठन विभाग सचिव आरसी लामिछाने लगायतको उपस्थिति थियो।अधिवेशनले मुक्तबहादुर गुरुङले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन तथा  शालिक थपलियाले प्रस्तुत गरेको सांगठनिक एवं आर्थिक प्रतिवेदन छलफलपछि सर्वसम्मत रूपमा पारित गरेको छ।अधिवेशनले हालै रसुवा, नुवाकोट र धादिङ क्षेत्रमा भोटेकोशीमा आएको बाढीबाट ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ। बाढीबाट विस्थापित नागरिकको पुनःस्थापना तथा तत्काल सञ्चालनमा ल्याउनुपर्ने पूर्वाधारका लागि वैकल्पिक व्यवस्था गर्न सरकारसँग माग गरिएको छ।

    घोषणा–पत्रमा प्रवासी नेपालीको साझा मुद्दाका रूपमा रहेको नेपाली नागरिकताको निरन्तरताको विषयलाई पनि प्राथमिकतामा राखिएको छ। पार्टी सरकारमा रहँदा यस्ता मुद्दामा पर्याप्त ध्यान नपुगेको निर्ष निकाल्दै आगामी दिनमा सरकारमा वा बाहिर रहँदा पनि स्पष्ट धारणा बनाएर सम्बोधन गर्न माग गरिएको छ।पार्टीभित्र देखिएको भनिएको अनावश्यक छलफल तथा नेताहरूबीचको सार्वजनिक टीकाटिप्पणीप्रति समेत अधिवेशनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। पार्टी विषम परिस्थितिमा रहेका बेला यस्ता गतिविधिले प्रवास तथा नेपालमा रहेका कार्यकर्ताको मनोबल कमजोर पार्ने भन्दै तत्काल त्यस्ता गतिविधि रोक्न र सूक्ष्म समीक्षासहित वैधानिक समाधान खोज्न नेतृत्वलाई आह्वान गरिएको छ।यसैगरी यूरोप नयाँ श्रम गन्तव्यका रूपमा विकसित हुँदै गएको उल्लेख गर्दै सुरक्षित आप्रवासनका लागि सरोकारवाला तथा सरकारको गम्भीर ध्यानाकर्षण गराइएको छ।त्यस्तै जलवायु परिवर्तनका कारण नेपालले व्यहोर्नुपरेको क्षतिका लागि कार्बन उत्सर्जन गर्ने विकसित मुलुकबाट क्षतिपूर्ति तथा पूर्वाधार निर्माणमा सहयोग जुटाउन संयुक्त राष्ट्रसंघलगायत अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी पैरवी गर्न सरकारसँग माग गरिएको छ।अधिवेशनले प्रथम अधिवेशन सफल बनाउन सहयोग गर्ने आयोजक तथा आतिथ्य राष्ट्रिय कमिटी स्पेनलाई धन्यवादसमेत दिएको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend