images

२०८३ आश्विन १९ गते

images
images
images
  • समाचार
  • देवीघाटमा सेनाले ५७.५ मिटर लामो एक्रोब्रिज...

देवीघाटमा सेनाले ५७.५ मिटर लामो एक्रोब्रिज बनाउँदै, पाँच दिनभित्र सञ्चालन गर्ने लक्ष्य

देवीघाटमा सेनाले ५७.५ मिटर लामो एक्रोब्रिज बनाउँदै, पाँच दिनभित्र सञ्चालन गर्ने लक्ष्य

images
images
आइतवार, भाद्र २१ २०८३
आइतवार, भाद्र २१ २०८३
  • नुवाकोट । भोटेकोशी नदीमा आएको बाढीका कारण दुई पक्की पुलमा क्षति पुगेपछि नुवाकोटको विदुर नगरपालिका–५ देवीघाट र बेलकोटगढी नगरपालिका–८ जिलिङ जोड्ने गरी तादीखोलामा नेपाली सेनाले एक्रोब्रिज निर्माण तीव्र पारेको छ।बाढीका कारण बेलकोटगढी हुँदै धादिङतर्फको यातायात सम्पर्क विच्छेद भएपछि नेपाली सेनाले देवीघाटमा एक्रोब्रिज निर्माण सुरु गरेको हो। श्री १४ नं. वाहिनी अड्डाअन्तर्गतको ब्रिजिङ युनिटले निर्माण गरिरहेको पुल पाँच दिनभित्र सञ्चालनमा ल्याउने लक्ष्य राखिएको पुल निर्माणको नेतृत्व गरिरहेका सेनानी चिरिञ्जीवी चौलागाईंले जानकारी दिए।उनका अनुसार भोटेकोशीमा आएको बाढीले नुवाकोट र रसुवामा त्रिशूली नदी वारपार गर्ने विभिन्न पुलमा क्षति पुर्‍याएपछि प्राविधिक अध्ययन गरी देवीघाटमा पहिलो एक्रोब्रिज जडान गर्न लागिएको हो।

    images
    images

    “पुरानै जिप तथा सवारीसाधन सञ्चालन गर्न सकिने गरी धादिङको गल्छी हुँदै नुवाकोटको देवीघाटबाट सदरमुकाम विदुरसम्मको आवागमन सहज बनाउने उद्देश्यले पहिलो प्राथमिकतामा देवीघाटमा पुल निर्माण सुरु गरिएको हो,” सेनानी चौलागाईंले भने, “शनिबारदेखि निर्माण सुरु भएको पुल पाँच दिनभित्र सम्पन्न गर्ने लक्ष्यसहित ५५ जनाको टोली चौबिसै घण्टा कार्यक्षेत्रमा खटिएको छ।”नेपाली सेनाले नुवाकोटका पाँच स्थानमा पुल जडानका लागि सम्भाव्यता अध्ययन गरेको जनाएको छ। देवीघाटमा पुल निर्माण सम्पन्न भएपछि वेत्रावतीमा समेत एक्रोब्रिज जडान गरी नुवाकोट र रसुवाबीचको यातायात सम्पर्क पुनःस्थापित गर्ने योजना सेनाको छ।सेनासँग धादिङको गजुरीस्थित भैरव गणमा ७५ मिटर लम्बाइका तीन थान एक्रोब्रिज मौज्दात छन्। बाढीबाट प्रभावित नुवाकोट र रसुवाका विभिन्न स्थानमा यातायात सम्पर्क पुनःस्थापित गर्न ती पुल प्रयोग गरिने जनाइएको छ।

    देवीघाटमा जडान गर्न लागिएको एक्रोब्रिज ५७।५ मिटर लामो र ५।५ मिटर चौडा छ। यसले ७० टनसम्म भारवहन गर्न सक्ने सेनानी चौलागाईंले बताए। उनका अनुसार बेलीब्रिजको प्रविधिलाई परिमार्जन गरी विकसित गरिएको आधुनिक अमेरिकी प्रविधिको एक्रोब्रिज बेलीब्रिजभन्दा बलियो, टिकाउ र बढी भारवहन क्षमतायुक्त हुन्छ।“उच्च गुणस्तरको ग्याल्भानाइज्ड अमेरिकी स्टिल तथा बलिया स्टिलका डेक प्रयोग गरिएकाले यो पुल ठूला भारवहन क्षमताका सवारीसाधन सञ्चालन गर्न सकिने गरी निर्माण गरिएको छ,” उनले भने।पुल निर्माणका लागि आवश्यक सामग्री धादिङको गजुरीबाट काठमाडौं हुँदै नुवाकोट ल्याउनुपर्ने भएकाले ढुवानीमा केही कठिनाइ देखिएको सेनाले जनाएको छ। निर्माण सामग्री नियमित रूपमा कार्यस्थलमा पुग्ने र काममा अवरोध नआए निर्धारित पाँच दिनभित्र पुल सञ्चालनमा ल्याउने सेनाको तयारी छ।पुल निर्माणका लागि श्री १४ नं। वाहिनी अड्डाअन्तर्गतको ब्रिजिङ युनिटबाट सेनानीको नेतृत्वमा ५५ जना प्राविधिक तथा जनशक्ति चौबिसै घण्टा कार्यक्षेत्रमा खटिएका छन्। एक्रोब्रिज सञ्चालनमा आएपछि बाढीका कारण अवरुद्ध नुवाकोटको बेलकोटगढी हुँदै धादिङ तथा आसपासका क्षेत्रसँगको यातायात सम्पर्क पुनःस्थापित हुने अपेक्षा गरिएको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend