images

२०८३ आश्विन २० गते

images
images
images
  • विमा
  • बाढीपहिरोको क्षतिमा साढे १० अर्बको बीमा...

बाढीपहिरोको क्षतिमा साढे १० अर्बको बीमा दाबी, धेरै भुक्तानी गर्नेमा शिखर इन्स्योरेन्स

बाढीपहिरोको क्षतिमा साढे १० अर्बको बीमा दाबी, धेरै भुक्तानी गर्नेमा शिखर इन्स्योरेन्स

images
images
आइतवार, कार्तिक २५ २०८१
आइतवार, कार्तिक २५ २०८१
  • काठमाडौं ।  असोज १० देखि १२ गतेसम्म भएको भारी बर्षाका कारण आएको बाढी पहिरोबाट भएको क्षतिबाट बीमा कम्पनीहरुमा १० अर्ब ५३ करोड २७ लाख रुपियाँ बराबरको दावी परेको छ । तीन हजार ४६० वटा संख्यामा सो बराबरको दावी परेको हो । दावी पर्ने क्रम अझै पनि जारी छ ।

    images
    images

    प्राप्त दावीमा बीमा कम्पनीहरुले अग्रिम भुक्तानी पनि दिने गरेका छन् । बाढी पहिराले परेको असरलाई दृष्टिगत गर्दै कम्पनीहरुले आंशिक रकम अग्रिम रुपमा भुक्तानी गर्न सुरु गरेका हुन् । कात्तिक २१ गतेसम्म १५ वटा कम्पनीले ६३७ वटा दावीमा ४७ करोड ११ लाख ५८ हजार रुपियाँ दावी भुक्तानी दिएका छन् । नेपाल बीमा प्राधिकरणबाट प्राप्त पछिल्लो तथ्यांकमा उल्लेख छ । 

    त्यसमा शिखर इन्स्योरेन्सले मात्रै ३४८ वटा दावी आवेदनमा २५ करोड १९ लाख ८८ हजार रुपियाँ बराबरको अग्रिम  भुक्तानी गरेको छ । अन्य कम्पनीको तुलनामा शिखर इन्स्योरेन्सले यस्तो दावीलाई उच्च प्राथमिकतामा राखेको देखिन्छ । 

    images
    images

    हालसम्म सिद्धार्थ प्रिमियरले सात करोड ६७ लाख, दि ओरियन्टलले सात लाख २६ हजार, नेकोले दुई करोड ३४ लाख ९३ हजार, हिमालयन एभरेष्टले तीन करोड ५५ लाख ८३ हजार, सगरमाथा लुम्बिनीले चार  करोड ३८ लाख २१ हजार र नेशनलले २२ लाख ५३ हजार रुपियाँ बराबरको अग्रिम भुक्तानी दिएका छन् । यसैगरी आईजीआई प्रुडेन्सियलले एक करोड २५ लाख ४७ हजार, एनएलजीले पाँच लाख ६६ हजार,  नेपालले ९८ लाख ७७ हजार, सानिमा जिआईसीले ७८ लाख २५ हजार, युनाइटेड अजोडले पाँच लाख ४३ हजार र प्रभुले ५१ लाख १२ हजार रुपियाँ बराबरको अग्रिम दावी भुक्तानी दिएका छन् । 

    यस्तै, स्टार माइक्रोले २६ हजार र नेपाल माइक्राले २५ हजार रुपियाँ अग्रिम दावी भुक्तानी दिएका छन् । यो कम्पनीले दिएको आंशिक अग्रिम दावी भुक्तानी मात्रै हो । पूर्ण तथा अन्तिम दावी भुक्तानी भने सर्भेयरको अन्तिम प्रतिवेदन आएपछि मात्रै हुनेछ । हाल बाढीले पुर्याएको क्षतिलाई दृष्टिगत गर्दै अग्रिम दावी भुक्तानी दिएको कम्पनीहरुको भनाइ छ । 

    सञ्चालनमा रहेको १४ ठूला र चार वटा साना लघु निर्जीवन बीमा कम्पनीमै दावी परेको छ । जीवन बीमा कम्पनीमा परेको दावीको विवरण आइसकेको छैन । बाढी पहिरोमा परेर साढे दुई सय भन्दा बढीको मृत्यु भएको छ । पोर्टफोलियोको आधारमा हालसम्म सम्पत्ति बीमामा मात्रै सात अर्ब ९१ करोड ८९ लाख रुपियाँ बराबरको एक हजार ६७८ वटा दावी परेको छ । यस्तै, इन्जिनियरीङ बीमामा दुई अर्ब छ करोड ८३ लाख रुपियाँ बराबरको २९१ वटा दावी परेको छ । 

    यसैगरी मोटर बीमा (निजी) मा ३३ करोड २५ लाख रुपियाँ बराबरको ९१३ वटा, मोटर बीमा (सार्वजनिक) मा १६ करोड ८४ लाख रुपियाँ बराबरको ३५६ वटा दावी परेको छ । यस्तै, सामुन्द्रिक बीमामा एक करोड ५९ लाख रुपियाँ बराबरको २४ वटा दावी परेको तथ्यांकमा उल्लेख छ । कृषि बाली बीमामा एक करोड ६ लाख रुपियाँ बराबरको १२३ वटा, पशुपंक्षी बीमामा एक करोड २२ लाख रुपियाँ बराबरको १२३ वटा र विविध बीमामा ५५ लाख ५२ हजार रुपियाँ बराबरको १६ वटा दावी परेको देखिन्छ ।

    असोज ११ गतेदेखि १२ गतेसम्म भएको बर्षाले आएको बाढी, पहिरो र डुबानले निजी घर, बिभिन्न स्टोर रुम, पसल, सवारी साधान, ऊर्जा परियोजना लगायतमा ठूलो क्षति भएको छ । त्यसमा बीमा गरेकाहरुले सो बराबरको दावी पेश गर्न सुरु गरेका छन् ।

    दावी र अग्रिम भुक्तानीको विवरणः 

    undefined

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend