images

२०८३ आश्विन २० गते

images
images
images
  • समाचार
  • ‘मास्टर्नी’ले कमायो ३९ लाख, ‘हली’को २३...

‘मास्टर्नी’ले कमायो ३९ लाख, ‘हली’को २३ लाख र ‘लज्जावती’को ७ लाख

‘मास्टर्नी’ले कमायो ३९ लाख, ‘हली’को २३ लाख र ‘लज्जावती’को ७ लाख

images
images
सोमवार, भाद्र १५ २०८३
सोमवार, भाद्र १५ २०८३
  • काठमाडौं । अभिनेत्री प्रियंका कार्की अभिनित फिल्म ‘मास्टर्नी’ले बक्सअफिसमा ३९ लाखको व्यवसाय गरेको छ । चलचित्र बिकास बोर्डले सोमबार सार्वजनिक प्रदर्शनरत नेपाली फिल्मको बक्सअफिस रिपोर्मा  फिल्मको आम्दानी ३९ लाख ५२ हजार ८५९ रुपैयाँ ग्रसकलेक्सन गरेको हो । यो अवधिमा फिल्मलाई १२ हजार नजिक अर्थात ११ हजार ९९६ जनाले हेरेका छन् ।प्रियंका कार्की, सिम्रन खड्का र प्रमोद अग्रहरिको मुख्य भूमिका रहेको फिल्मलाई बंगाली निर्देशक सुवेन्धू घोषले निर्देशन गरेका छन् ।

    images
    images

    त्यस्तै, फिल्म ‘हली’ले आतइबारसम्म २३ लाख ११ रुपैयाँ ग्रस कलेक्सन गरेको छ । यो अवधिमा ८ हजार ४६३  जनाले फिल्म हेरेका छन् । प्रमोद दीप, सुजाता थापा, विद्या कार्की, सरोज खनाल, अरुणा कार्की, अर्जुन गुरुङ, नवीन श्रेष्ठ, कञ्चन दुलाल, कमल गाउँले, विशाल पहाडीको अभिनय रहेको फिल्मका निर्देशक ओम प्रतीक हुन् ।यस्तै, फिल्म ‘लज्जावती’ले भने ७ लाख ७५ हजार ४७० ग्रसकलेक्सन गरेको छ । फिल्म २ हजार ७३५ जनाले हेरेका छन् । फिल्ममा मुकुन भुसाल र श्री कृष्ण निरौलाको मुख्य भूमिका रहेको फिल्म राजबहादुर सानेले निर्देशन गरेका छन् ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend