images

२०८३ कार्तिक ४ गते

images
images
images
  • शेयर
  • लाभांश पारित गर्न हाथवे इन्भेष्टमेन्टको साधारणसभा...

लाभांश पारित गर्न हाथवे इन्भेष्टमेन्टको साधारणसभा आज बस्दै

लाभांश पारित गर्न हाथवे इन्भेष्टमेन्टको साधारणसभा आज बस्दै

images
images
आइतवार, कार्तिक २५ २०८१
आइतवार, कार्तिक २५ २०८१
  • काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको १६औं वार्षिक साधारणसभा आज (कात्तिक २५) बस्दै छ । 

    images
    images

    सभा, आम्रपाली ब्यांक्वेट, बालुवाटार बिहान १० बजेदेखि शुरू हुनेछ । 

    कम्पनीले गत वर्षको नाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र ०.५२६ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) वितरणको प्रस्ताव पारित गर्नेछ । 

    images
    images

    त्यस्तै, सभाले गत आवको वार्षिक र लेखापरीक्षण प्रतिवेदन लगायतका अन्य वित्तीय विवरणहरू छलफल गरी पारित गर्ने, चालू आवका लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने र एक जना सञ्चालकको नियुक्ति अनुमोदन गर्ने प्रस्ताव पारित गर्नेछ ।

    बोनस शेयर वितरणपछि कम्पनीको चुक्ता पूँजी वृद्धि हुने भएकाले सो अनुसार प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने र सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि रहेको छ ।

    साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले कात्तिक ७ गते बुक क्लोज गरिसकेको छ । अतः कात्तिक ६ गतेसम्म कायम शेयरधनी मात्रै प्रस्तावित लाभांश प्राप्त गर्न र सभामा सहभागी हुन पाउनेछन् । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend