images

२०८३ आश्विन १७ गते

images
images
images
  • समाचार
  • रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा कोही नभेटिएपछि...

रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा कोही नभेटिएपछि सेनाको खोजी टोली फर्कियो

रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा कोही नभेटिएपछि सेनाको खोजी टोली फर्कियो

images
images
सोमवार, भाद्र १५ २०८३
सोमवार, भाद्र १५ २०८३
  • काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा बाढीपछि प्रभावित रसुवागढी जलविद्युत् आयोजनाको सुरुङभित्र कोही पनि मानिस फेला नपरेको नेपाली सेनाले जनाएको छ । त्यहाँ खोजी गर्दा कुनै पनि मानिस फेला नपरेपछि नेपाली सेनाको नेतृत्वमा खटिएको उद्धार टोली फर्किएको छ ।

    images
    images

    सुरुङको अन्तिम भागमा मानिसहरू फसेको आशङ्का  गरिएपछि सेनाको टोली इन्जिनियर र ड्रोन टोलीसहित खोजीमा जुटेको थियो । उक्त सुरुङको भित्री भाग अर्थात् अन्तिम बिन्दुसम्मै पुगेर ड्रोनसमेत उडाई खोजी गर्दा पनि मानवीय उपस्थिति नभेटिएको बताइएको छ । सुरुङभित्र कोही पनि मानिस नरहेको पुष्टि भएसँगै खोजी कार्य सम्पन्न गरी नेपाली सेनाको टोली त्यहाँबाट रसुवाको धुन्चे फर्किएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend