images

२०८३ आश्विन १७ गते

images
images
images
  • समाचार
  • त्रिवि शिक्षण अस्पतालको शवगृह भरिँदै, रसुवा...

त्रिवि शिक्षण अस्पतालको शवगृह भरिँदै, रसुवा बाढीका ६० शव ल्याइए

त्रिवि शिक्षण अस्पतालको शवगृह भरिँदै, रसुवा बाढीका ६० शव ल्याइए

images
images
आइतवार, भाद्र १४ २०८३
आइतवार, भाद्र १४ २०८३
  • काठमाडौँ। काठमाडौँको महाराजगञ्जस्थित त्रिभुवन विश्वविश्वविद्यालय(त्रिवि) शिक्षण अस्पतालको शवगृह भरिँदै गएकाे छ ।त्रिवि शिक्षण अस्पतालका अनुसार हालसम्म रसुवा बाढीबाट भेटिएका ६० वशव ल्याइएका छन् । प्राप्त शवमध्ये अहिलेसम्म ८ वटाको पहिचान भइसकेको अस्पतालले जनाएको छ । अस्पतालले अब बढीमा १० वटा शव राख्न सकिने स्पष्ट पारेको छ । बाढीमा ज्यान गुमाएर ल्याइएका शवहरू अधिकांश कुहिएको र क्षतविक्षत भएको अवस्थामा अस्पताल आइपुगेका छन् । 

    images
    images

    फरेन्सिक विशेषज्ञ डा.गोपाल चौधरीले भने, ‘फ्रीजको क्षमता(क्यापासीटी) एक सय ५० हो । कानुनी प्रक्रिया पूरा भएर अन्तिम संस्कारका लागि पर्खिरहेका ८० वटा पुराना शव थिए । अब १० वटा शव आयो भने अट्ने सम्भावना कम छ। यसैपनि यो क्षेत्र दुर्गन्धित छ ।’ थप शवहरू आएमा बाहिरै राख्नुपर्ने अवस्था आउन सक्ने अस्पतालले जनाएकाे छ।यसैबिच बाढीपछि पहिचान हुन नसकेका तथा बेवारिसे शवहरूको व्यवस्थापनका लागि सरकारले कानुनी प्रक्रिया बमोजिम जमिनमुनि गाड्ने कार्य सुरु गरेको छ । ‘पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापनसम्बन्धी निर्देशिका (संशोधन), २०८३’ लाई आधार बनाएर सरकारले यो कदम अघि बढाएको हो । नेपाल प्रहरीको पछिल्लो अद्यावधिक तथ्याङ्क अनुसार हालसम्म बाढीबाट प्रभावित क्षेत्रहरूमा कुल ७ सय ३४ जनाको शव फेला परेको छ ।

    निर्देशिका अनुसार पहिचान नखुलेका शवहरूलाई गाड्नुअघि अनिवार्य रूपमा डीएनए लगायतका महत्त्वपूर्ण आनुवंशिक नमुनाहरू सङ्कलन गरी सुरक्षित राखिन्छ । भविष्यमा आफन्तले दाबी गर्न आएमा पहिचान पुष्टि गर्न सकियोस् भनेर नमुनाहरू सङ्कलन गरी सुरक्षित राखिने अस्पतालले जनाएको छ ।यही कानुनी मापदण्डलाई पालना गर्दै हालसम्म पहिचान हुन नसकेका ३ सय ८४ शव सुरक्षित तरिकाले जमिनमुनि व्यवस्थापन गरिसकिएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका एक अधिकारीले भने, ‘राष्ट्रिय स्तरमै जारी गरिएको यो निर्देशिकाले बेवारिसे शव व्यवस्थापनमा प्राविधिक र मानवीय पक्षलाई सन्तुलित बनाएको छ । प्रक्रियागत रूपमा डीएनए नमुना सुरक्षित गरिएकाले आगामी दिनमा आफन्तको खोजीमा आएका परिवारजनलाई कानुनी र वैज्ञानिक आधारमा शव पहिचान गराउन सहज हुने विश्वास लिइएको छ ।’

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend