images

२०८३ आश्विन १९ गते

images
images
images
  • समाचार
  • दुर्गेश थापा बाढी प्रभावितलाई खाना खुवाउन...

दुर्गेश थापा बाढी प्रभावितलाई खाना खुवाउन नुवाकोटमा सक्रिय

दुर्गेश थापा बाढी प्रभावितलाई खाना खुवाउन नुवाकोटमा सक्रिय

images
images
आइतवार, भाद्र १४ २०८३
आइतवार, भाद्र १४ २०८३
  • काठमाडौँ । देशका विभिन्न स्थानमा आएको बाढी पहिरोका कारण जनजीवन प्रभावित भइरहेका बेला कलाकारहरू पनि सहयोगका लागि मैदानमा उत्रन थालेका छन् । यसै क्रममा चर्चित गायक दुर्गेश थापा र उनको टोली नुवाकोटको विदुर नगरपालिकामा पुगेर रसुवा-भाेटेकाेशी बाढी प्रभावितहरूलाई  खान खुवाउन सक्रिय रहेको छ । 

    images
    images

    गायक थापा विगत दुई दिनदेखि विदुर नगरपालिका-८, कोलनी क्षेत्रमा रहेर बाढी पीडितहरूका लागि स्थानीय बासिन्दाहरूसँग मिलेर खाना पकाउने र प्रभावित परिवारहरूलाई खुवाउने कार्य गरिरहेका छन् । उनले सामाजिक सञ्जाल खाना खुवाउँदै गरेको र बनाउँदै गरेको केही तस्बिर सेयर गर्दै विपत्तिको यस कठिन घडीमा सानो सहयोग पनि अर्थपूर्ण हुने बताएका छन् । उनले लेखेका छन्– ‘यतिबेला कसैलाई ठुलो सहयोग गर्न नसके पनि, भोक लागेको बेला एक छाक खाना खुवाउन सक्नु पनि ठुलो सेवा हो भन्ने लाग्छ । दुःख र विपत्तिको समयमा एक–अर्काको साथ बन्नु नै मानवता हो ।’

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend