images

२०८३ आश्विन १९ गते

images
images
images
  • समाचार
  • बाढी–पहिरोमा चीनको साथ: उद्धार विशेषज्ञसहित दुई...

बाढी–पहिरोमा चीनको साथ: उद्धार विशेषज्ञसहित दुई ‘वाई–२०’ काठमाडौँमा

बाढी–पहिरोमा चीनको साथ: उद्धार विशेषज्ञसहित दुई ‘वाई–२०’ काठमाडौँमा

images
images
आइतवार, भाद्र १४ २०८३
आइतवार, भाद्र १४ २०८३
  • काठमाडौँ । विनाशकारी बाढी र पहिरोका कारण ठूलो मानवीय र भौतिक क्षति बेहोरिरहेको नेपाललाई सहयोग गर्न चीन सरकारले आपतकालीन राहत सामग्री र विशेषज्ञ टोली पठाएको छ। चिनियाँ वायुसेनाका दुईवटा 'वाई–२०' सैनिक विमान आज बिहान ७ बजे काठमाडौँ अवतरण गरेका हुन्।विमानस्थलमा आयोजित एक विशेष समारोहका बीच नेपालका लागि चिनियाँ राजदूत जाङ माओमिङले ती राहत सामग्रीहरू नेपाल सरकारलाई हस्तान्तरण गरे। सामग्री बुझ्न नेपाल सरकारका तर्फबाट विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुन र संघीय संसदका सदस्य धर्म केसी विमानस्थल पुगेका थिए। सो क्रममा उनीहरूले चिनियाँ उद्धार विज्ञहरूलाई स्वागत समेत गरेका थिए ।

    images
    images

    बाढीका कारण जलविद्युत् आयोजनाका सुरुङहरूमा सयौँ मानिसहरू फसेको र बेपत्ता भएको विवरण सार्वजनिक भइरहँदा चीनले ४ जना सुरुङ उद्धार विशेषज्ञ (Tunnel Rescue Experts) पठाएको छ। उनीहरूका साथमा सुरुङभित्र खोजी र उद्धारका लागि आवश्यक अत्याधुनिक उपकरणहरू समेत ल्याइएको छ। चिनियाँ राजदूत माओमिङले यस कठिन घडीमा चीन नेपालको साथमा रहेको र यो सहयोगले बाढी प्रभावितहरूको जीवन रक्षा तथा राहतमा टेवा पुग्ने विश्वास व्यक्त गरे। मन्त्री महावीर पुनले संकटको समयमा छिमेकी मुलुक चीनले देखाएको यो उदारता र विशेष गरी प्राविधिक विज्ञसहितको सहयोगका लागि धन्यवाद ज्ञापन गरे।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend