images

२०८३ आश्विन १५ गते

images
images
images
  • समाचार
  • प्रधानमन्त्रीलाई अश्लील गाली गरेको आरोपमा २३...

प्रधानमन्त्रीलाई अश्लील गाली गरेको आरोपमा २३ वर्षीय युवक पक्राउ

प्रधानमन्त्रीलाई अश्लील गाली गरेको आरोपमा २३ वर्षीय युवक पक्राउ

images
images
बुधवार, भाद्र १० २०८३
बुधवार, भाद्र १० २०८३
  • काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहलाई सामाजिक सञ्जाल फेसबुकमा अश्लील गाली गरेको आरोपमा प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको भद्रपुर–९ घर भएका २३ वर्षीय पुष्कर दाहाल छन् ।उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनलाई कीर्तिपुरबाट पक्राउ गरेको हो । उनी कीर्तिपुर बस्दै आएका थिए । आरोपीले प्रधानमन्त्री बालेन्द्र शाहलाई सामाजिक सञ्जालमा अश्लील गाली गरेका थिए ।

    images
    images

    उनले नेपाल प्रहरीसँग पनि ‘एक्लै भिड्ने’ अभिव्यक्ति दिएका थिए । उनलाई पक्राउ गरेर थप अनुसन्धान र कारबाहीका लागि साइबर ब्युरोमा बुझाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एक जना अधिकृतले बताए । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend