images

२०८३ आश्विन २० गते

images
images
images
  • विमा
  • बीमा कम्पनी बाढी पहिरो क्षतिको दाबी...

बीमा कम्पनी बाढी पहिरो क्षतिको दाबी भुक्तानी रफ्तार बढाउँदै

बीमा कम्पनी बाढी पहिरो क्षतिको दाबी भुक्तानी रफ्तार बढाउँदै

images
images
शुक्रवार, कार्तिक २३ २०८१
शुक्रवार, कार्तिक २३ २०८१
  • काठमाडौं । बीमा कम्पनीहरूले बाढी पहिरोबाट भएको क्षतिको माग दाबीमा भुक्तानीको रफ्तार बढाएका छन् । असोज १० देखि १२ गतेसम्मको अविरल वर्षाका कारण काठमाडौँ उपत्यकासहित देशभरका विभिन्न स्थानमा भएको सम्पत्तिको क्षतिको बिमामा भुक्तानीको अवस्था राम्रो देखिएको हो ।

    images
    images

    नेपाल बीमा प्राधिकरणका अनुसार कात्तिक २० गते (मङ्गलवार) सम्म बीमा कम्पनीहरूले बीमितिलाई ४७ करोड ११ लाख रुपैयाँ भुक्तानी दिएका छन् । कुल १० अर्ब ५३ करोड रुपैयाँको माग दाबीमध्ये छोटो समयभित्रै सो बराबरको भुक्तानी भएको हो । यसअघि असोज मसान्तसम्म १७ करोड रुपैयाँ भुक्तानी भएको प्राधिकरणले जनाएको थियो ।बाढी पहिरोका कारण भएको क्षतिमा ३ हजार ४६० बटा माग दाबी परेका थिए । मङ्गलवारसम्म १४ निर्जीवन बीमा कम्पनी र चार निर्जीवन लघुबीमा कम्पनी समेत गरी कुल ६३७ जनाले भुक्तानी पाएको बीमा समितिले जनाएको छ ।

    कुन कम्पनीले कति दिए ?

    images
    images

    भुक्तानी भएको कुल रकममध्ये शिखर इन्स्योरेन्सले ३४८ वटा बीमा कम्पनीको २५ करोड, सिद्दार्थ प्रिमियर इन्स्योरेन्सले ७ करोड ६७ लाख, सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ४ करोड ३८ लाख, हिमालयन एभरेस्ट इन्स्योरेन्सले ३ करोड ५५ लाख, नेको इन्स्योरेन्सले २ करोड ३४ लाख तथा आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले १ करोड २५ लाख रुपैयाँ भुक्तानी दिएका छन् । अरु कम्पनीको भुक्तानी भने एक करोड रुपैयाँ भन्दा कम छ ।

    भुक्तानी भएका दाबीमध्ये सम्पत्ति बिमातर्फ ३८ करोड मोटर बिमातर्फ ६ करोड ७० लाख, इन्जिनियरिङ बिमातर्फ १ करोड ११ लाख रहेका छन् अन्य बीमालेखमा भुक्तानी एक करोडभन्दा कम मात्रै छ । त्यसो त सबैभन्दा धेरै माग दाबी पनि यीनै कम्पनीहरूमा छन् । सम्पत्ति बीमा अन्तर्गत मात्रै ७ अर्ब ९१ करोड रुपैयाँ बराबरको दाबी परेको छ । त्यस्तै, इन्जिनियरिङ बीमा अन्तर्गत २ अर्ब ६ करोड र मोटर बीमा अन्तर्गत करिब ५० करोड रुपैयाँ बराबरको माग दाबी परेको थियो ।

    भुक्तानी भएको कुल रकममध्ये बाग्मती प्रदेशमा मात्रै ४५ करोड भुक्तानी भएको छ । बाँकी ६ वटा प्रदेशमा २ करोड मात्रै भुक्तानी भएको बीमा समितिको तथ्यांकमा उल्लेख छ । वाग्मती प्रदेशमध्ये पनि काठमाडौँ उपत्यकाका तीन जिल्लामा मात्रै ४३ करोड २५ लाख रुपैयाँ भुक्तानी भएको छ । उपत्यकामा मात्रै ७ अर्ब ३७ करोड रुपैयाँ रुपैयाँ बराबरको दाबी परेको थियो ।

    बीमा प्राधिकरणका प्रवक्ता सुशीलदेव सुवेदी बाढी पहिरोबाट भएका क्षतिको सर्भे तथा भुक्तानी प्रक्रियालाई सहज पारिएकोले भुक्तानीमा रफ्तार देखिएको बताउँछन् । सर्भेयरलाई सर्भेको सीमा हटाउने, बीमा कम्पनी आफैँले समेत सर्भे गर्न पाउने व्यवस्था गरेको तथा बीमा कम्पनीलाई छिटो भुक्तानीका लागि निर्देशन दिने काम गरिएको उनको भनाइ छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend