images

२०८३ कार्तिक ४ गते

images
images
images
  • शेयर
  • बूढानीलकण्ठ हेरिटेज होटेलको लागत बढे...

बूढानीलकण्ठ हेरिटेज होटेलको लागत बढे संगै आइपिओ पनि ल्याउने

बूढानीलकण्ठ हेरिटेज होटेलको लागत बढे संगै आइपिओ पनि ल्याउने

images
images
शुक्रवार, कार्तिक २३ २०८१
शुक्रवार, कार्तिक २३ २०८१
  • काठमाडौं । बूढानीलकण्ठ हेरिटेज होटेलले प्राथमिक सेयर निष्कासन गर्ने भएको छ।मंसिर १४ गते होटेलको छैठौं वार्षिक साधारण सभा हुने भएको हो।कम्पनीले साधारण सभामा आइपिओको प्रस्तावसमेत लगेको छ।

    images
    images

    होटेलले अहिले कायम सेयरधनीको लागि २९.५६ प्रतिशत हकप्रद सेयर समेत जारी गर्ने भएको छ। यससँगै होटेलको चुक्ता पुँजी एक अर्ब १० करोड रूपैयाँ पुग्नेछ।कम्पनीले त्यसपछि आइपिओ समेत ल्याउने भएको हो।

    कम्पनीले होटेल निर्माण सुरू गर्दा अनुमानित लागत एक अर्ब ५० करोड रूपैयाँ राखेको थियो। ९० करोड ऋण लिएर र बाँकी सेयर पुँजीबाट लगानी जुटाउने सोच राखेको थियो।पछिल्लो समय होटेल निर्माणको लागत बढेर दुई अर्ब ३७ करोड रूपैयाँ पुग्ने संशोधिन अनुमान गरिएको रेटिङ कम्पनी इक्रा नेपालले उल्लेख गरेको छ।

    images
    images

    कम्पनीले पछिल्लो समय विवरण दिन सहयोग नगरेको भन्दै इक्रा नेपालले कम्पनीको स्तर घटाएको छ। यो होटेल पाँच तारे होटेल हो। सुरूमा २०२१ डिसेम्बरमै होटेल सञ्चालनमा आउने भनिए पनि गत वर्षबाट सञ्चालनमा आएको हो।कम्पनीको लगानीकर्तामा चार्टर्ड एकाउन्टेन्ट, डाक्टर र उद्यमी व्यवसायीहरू छन्। 

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend