जनकपुर। मधेस सरकारले प्रदेश मातहतका प्रहरीलाई साढे चार करोड रुपैयाँभन्दा बढी मूल्यका गाडी हस्तान्तरण गरेको छ ।प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले सोमबार एक कार्यक्रमकाबिच प्रदेश मातहतका जिल्ला प्रहरी कार्यालयहरूलाई एक दर्जन गाडी हस्तान्तरण गरेको हो ।जिल्लाका प्रहरी प्रमुखहरूलाई एक–एक थान गाडी हस्तान्तरण गरिएको मधेस सरकारले जनाएको छ ।
देशका आठ वटै जिल्लाका प्रहरी कार्यालयलाई १२ थान पिकअप गाडी हस्तान्तरण गरिएको मधेसका गृहमन्त्री फकिरा महतोले जानकारी दिए । उनका अनुसार प्रदेश मातहतका प्रहरी युनिटहरूको काम सहज होस् भन्ने उद्देश्यले जिल्ला प्रहरी प्रमुखहरूलाई बोलाएर गाडी हस्तान्तरण गरिएको हो ।अब केही समयपछि थप मोटरसाइकलसमेत वितरण गर्ने तयारी गरिएको उनको भनाइ छ।गृह, सञ्चार तथा कानुन मन्त्रालयका अनुसार चार करोड ६८ लाख रुपैयाँभन्दा बढी मूल्य बराबरका गाडी हस्तान्तरण गरिएको हो ।




.gif)



