images

२०८३ आश्विन २३ गते

images
images
images
  • समाचार
  • अख्तियारलाई पूर्ण स्वतन्त्र र स्वायत्त भएर...

अख्तियारलाई पूर्ण स्वतन्त्र र स्वायत्त भएर काम गर्न दिन सरकार प्रतिबद्ध

अख्तियारलाई पूर्ण स्वतन्त्र र स्वायत्त भएर काम गर्न दिन सरकार प्रतिबद्ध

images
images
बिहिवार, भाद्र ४ २०८३
बिहिवार, भाद्र ४ २०८३
  • काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई संवैधानिक र कानुनी अधिकारको परिधिभित्र पूर्ण स्वतन्त्र र स्वायत्त भएर काम गर्न दिन सरकार सदैव प्रतिबद्ध रहेको बताएकी छन्।राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयक’ माथिको छलफलमा बोल्दै मन्त्री गौतमले आयोगको संवैधानिक मर्यादा र कानुनी अधिकार क्षेत्रको पूर्ण सम्मान गर्ने बताइन् । 

    images
    images

    उनले अनुसन्धान र अभियोजनमा सरकारको तर्फबाट आवश्यक सहयोग जारी रहने प्रतिबद्धता समेत दोहोर्‍याइन् । समिति बैठकमा सदस्यहरूले संवैधानिक निकायका पदाधिकारीहरूलाई प्रधानमन्त्रीको सचिवालयले बोलाएर केरकार गरेको विषयमा कुरा उठाएका थिए । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा। अमरेशकुमार सिंहले समिति बैठकमा उपस्थित अख्तियारका पदाधिकारीलाई अब प्रधानमन्त्री कार्यालयबाट बोलाएमा नजान सुझाव दिएका थिए । सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा मन्त्री गौतमले अख्तियारलाई संवैधानिक र कानुनी अधिकार अनुरूप स्वतन्त्र भएर काम गर्न दिन सरकार प्रतिबद्ध रहेको बताएकी हुन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend