काठमाडौं। सरकारले नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावललाई नियुक्त गरेको छ ।हिजो बुधबार बसेको मन्त्रिपरिषद् बैठकले रावललाई डेपुटी गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको हो ।नेपाल राष्ट्र बैंकमा २०८२ फागुन २५ देखि दुई डेपुटी गभर्नर पद रिक्त थियो । सरकारले गत चैत २४ मा किरण पण्डितलाई डेपुटी गभर्नर नियुक्त गरेको थियो भने अर्को पद खाली राखेको थियो ।
राष्ट्र बैंक ऐनमा गभर्नरको सिफारिसमा मन्त्रिपरिषद्ले डेपुटी गभर्नर नियुक्त गर्ने व्यवस्था छ ।दीर्घबहादुर रावल हाल नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा बैंक सुपरिवेक्षण विभागका प्रमुखका रूपमा कार्यरत थिए ।रावलले सन् २०१९ देखि २०२४ सम्म नेपालको वित्तीय जानकारी इकाई (एफआईयू) को प्रमुखका रूपमा काम गरेका थिए ।




.gif)



