images

२०८३ आश्विन १९ गते

images
images
images
  • समाचार
  • कफी पोखिएर घाइते प्रिती थापालाई २...

कफी पोखिएर घाइते प्रिती थापालाई २ करोड ६१ लाख क्षतिपूर्ति, कतार एयरवेज दोषी ठहर

कफी पोखिएर घाइते प्रिती थापालाई २ करोड ६१ लाख क्षतिपूर्ति, कतार एयरवेज दोषी ठहर

images
images
बुधवार, भाद्र ३ २०८३
बुधवार, भाद्र ३ २०८३
  • काठमाडौँ । उपभोक्ता अदालतले कतार एयरवेजको विमानभित्र तातो कफी पोखिएर घाइते भएकी एक नेपाली यात्रुलाई २ करोड ६१ लाख ९२ हजार ४०६ रुपैयाँ क्षतिपूर्ति दिलाउने फैसला गरेको छ । अदालतका अध्यक्ष डा.दिवाकर भट्ट तथा सदस्यहरू गेहेन्द्रराज रेग्मी र आनन्दराज पोखरेलको इजलासले ललितपुर महानगरपालिका–२ की प्रिती थापाको पक्षमा उक्त फैसला सुनाएको हो ।सन् २०२३ जुलाई १० मा अमेरिकाको बोस्टनबाट कतारको दोहा हुँदै काठमाडौँ आउने क्रममा कतार एयरवेजको उडान नम्बर QR 744 मा यो घटना भएको थियो । उडानका क्रममा विमानका कर्मचारी (क्याबिन क्रु) ले दिएको अत्यधिक तातो कफी थापाको तिघ्रा र शरीरका संवेदनशील अङ्गमा पोखिन गई ‘सेकेन्ड डिग्री वर्न’ (दोस्रो तहको जलन) भएको थियो । पीडित थापाले विमानभित्र प्राथमिक उपचारको अभाव भएको, कफीको तापक्रम मापदण्डभन्दा बढी रहेको र कर्मचारीको लापरबाहीका कारण आफूले शारीरिक तथा मानसिक पीडा भोग्नुपरेको भन्दै क्षतिपूर्तिको माग दाबीसहित फिराद दर्ता गरेकी थिइन् ।

    images
    images

    अदालतले अन्तर्राष्ट्रिय हवाई परिवहन सम्बन्धी ‘मोन्ट्रियल महासन्धि १९९९’ र नेपालको ‘उपभोक्ता संरक्षण ऐन २०७५’ लाई मुख्य आधार मानेर फैसला गरेको छ । मोन्ट्रियल महासन्धिको धारा १७ र २१ अनुसार, विमानभित्र वा विमानमा चढ्ने–ओर्लने क्रममा यात्रुलाई शारीरिक चोट पुगेमा त्यसको जिम्मेवारी विमान कम्पनीले लिनुपर्ने अदालतको ठहर छ ।विश्व स्वास्थ्य सङ्गठन र अन्य अन्तर्राष्ट्रिय मापदण्ड अनुसार पिउन योग्य कफीको तापक्रम ६५ डिग्री सेल्सियसभन्दा कम हुनुपर्नेमा कतार एयरवेजले ७० देखि ८० डिग्रीसम्मको तातो कफी सर्भ गरेको स्वीकार गरेकाले यसलाई सेवामा लापरबाही मानिएको छ । कफीको कपमा बिर्को नलगाइएको र सावधानीका सङ्केतहरू नअपनाइएको कारण दुर्घटना भएको अदालतले जनाएको छ ।

    विमान कम्पनीको जिकिर अस्वीकृत

    images
    images

    कतार एयरवेजले यात्रु आफैँले कफी पोखाएको र कर्मचारीको कुनै गल्ती नभएको जिकिर गरेको थियो । तर, अदालतले विमानभित्र हुने यस्ता दुर्घटनाको ‘निरपेक्ष दायित्व’ कम्पनीकै हुने र कम्पनीले आफ्नो कर्मचारीको गल्ती नभएको प्रमाणित गर्न नसकेको उल्लेख गरेको छ । यो फैसला उपभोक्ता अदालतको गठन भएपछिको ठुलो बिगो र अन्तर्राष्ट्रिय महासन्धिलाई व्याख्या गरिएको महत्त्वपूर्ण फैसला हो ।

     फैसलाकाे पूर्णपाठ :

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend