images

२०८३ कार्तिक ४ गते

images
images
images
  • शेयर
  • यी ४ वाणिज्य बैंकको शेयर...

यी ४ वाणिज्य बैंकको शेयर किन्दा पाइन्छ लाभांश

यी ४ वाणिज्य बैंकको शेयर किन्दा पाइन्छ लाभांश

images
images
बिहिवार, कार्तिक २२ २०८१
बिहिवार, कार्तिक २२ २०८१
  • काठमाडौं ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत १९ वाणिज्य बैंकमध्ये ७ वटाले लाभांश घोषणा गरिसकेका छन् ।यति बेला लाभांश सिजन चलिरहेको छ । 

    images
    images

    जसमा एभरेष्ट, सिटिजन्स र सानिमा बैंकले बुकक्लोजको मिति सकिसकेको छ । लाभांश घोषणा गरेका बैंकमध्ये स्टान्डर्ड चार्टड बैंक, ग्लोबल आइएमई बैंक, नबिल बैंक र प्राइम कमर्सियल बैंकको शेयर खरिद गर्दा लाभांश पाउन सकिने छ ।

    लाभांश घोषणा गरिसकेपछि साधारणसभाअघि नै बुक क्लोजको मिति तय गर्छन् । त्यहीं बुक क्लोजको अघिल्लो दिनसम्म सेयर खरिद गर्दा लाभांश र साधारणसभामा भाग लिने हक रहन्छ ।

    images
    images

    ग्लोबल आइएमई बैंक
    ग्लोबल आइएमई बैंक लिमिटेडले शेयरधनीहरूलाई ५.५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकले उक्त लाभांश पारित आवश्यक पर्ने वार्षिक साधारण सभा प्रयोजनका लागि मंसिर ९ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । तसर्थ अझै मंसिर ८ गतेसम्म शेयर खरिद गर्नेले बैंकको लाभांश पाउन योग्य हुनेछन् ।

    नबिल बैंक
    नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूलाई १० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । बैंकको कात्तिक १३ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट शेयरधनीहरूलाई कूल १० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । बैंकले हालसम्म बुकक्लोजको मिति तय गरेको छैन् ।

    स्ट्याण्डर्ड चार्टर्ड
    स्ट्याण्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्षको मुनाफाबाट २५.५० प्रतिशत लाभांश घोषणा गरेको छ । बैकको यहि कात्तिक १३ गते मंगलबार बसेको संचालक समितिको बैठकले ६.५० प्रतिशत बोनस सेयर र कर सहित १९ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो यो बैंकको पनि बुकक्लोजको मिति घोषणा हुन बाँकी रहेको छ ।

    प्राइम कमर्सियल बैंक
    प्राइम कमर्सियल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूलाई ५ प्रतिशत नगद लाभांश बाड्ने निर्णय गरेको छ । बैंकको कात्तिक ११ गते बिहान बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । यस बैंकले पनि बुकक्लाजको मिति तय गरेको छैन् । जस कारण अझै पनि शेयर खरिद गर्ने लगानीकर्ताहरुले घोषित लाभांश पाउन सक्नेछन् ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend