images

२०८३ कार्तिक ४ गते

images
images
images
  • शेयर
  • दुई दिनमा २.०९ अंकले बढ्यो नेप्से,कुनको...

दुई दिनमा २.०९ अंकले बढ्यो नेप्से,कुनको कति भयो कारोबार?

दुई दिनमा २.०९ अंकले बढ्यो नेप्से,कुनको कति भयो कारोबार?

images
images
बिहिवार, कार्तिक २२ २०८१
बिहिवार, कार्तिक २२ २०८१
  • काठमाडौं ।  यो हप्ता शेयर बजार सामान्य गिरावटमा नै बन्द भएको छ  । यस हप्ता सेयर बजार दुई दिन मात्र खुलेका थियो । आइतबार, सोमबार र मंगलबार सार्वजनिक बिदा परेका कारण कारोबार भएन ।

    images
    images

    त्यस दुई दिनमा नेप्से परिसूचक २.०९ अंकले अंकले घटेर २६७५.५१ को विन्दुमा कायम भएको हो । तिहार पछिको पहिलो कारोबार दिन मंगलबार (२० गते ) नेप्से परिसूचक ०.२१ अंकले घटेर २६७७.४० को विन्दुमा कायम भएको थियो  ।मंगलबार नेप्सेमा कारोबार भएको ३०२ कम्पनीको ९७ लाख १३ हजार ७३० कित्ता शेयर किनबेच हुँदा ४ अर्ब २० करोड ५५ लाख ५ हजार रुपैयाँको कारोबार भएको थियो । मंगलबार बजारमा गिरावट आउँदा सात वटा उपसूचक हरियाली भएको थियो  ।

    मंगलबार बजारमा गिरावट आउँदा पनि सुपर माइ हाइड्रोपावरको सेयरमा सकरात्मक सर्किट लाएको थियो  । त्यसैगरी, समाज लघुवित्तको ९.९५ प्रतिशत, यूनाइटेड मोदी हाइड्रोपावरको ९.५१ प्रतिशत, गुराँस लघुवित्तको, ९.३२ प्रतिशत, रसुवागढी हाइड्रोपावरको ८.७५ प्रतिशतले सेयरमूल्य बढेको थियो  ।

    images
    images

    मंगलबार सबैभन्दा बढी नेपाल फाइनान्सको सेयर सर्वाधिक कारोबार भएको थियो  । मंगलबार कम्पनीको २९ करोड ९० लाख ९४ हजार रुपैया बराबरको कारोबार भएको थियो । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको सानिमा जिआइसी इन्स्योरेन्सको १६ करोड ११ लाख ८३ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको थियो  ।

    त्यस्तै मंगलबार एनएलजी इन्स्योरेन्सको १५ करोड ८४ लाख ९ हजार रुपैयाँ, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको ११ करोड ६१ लाख २२ हजार रुपैयाँ, सम्वृद्धि फाइनान्सको ११ करोड ६० लाख ६१ हजार रुपैयाँको कारोबार भएको थियो  ।

    त्यस्तै बुधबार (कात्तिक २१ गते) सेयर बजार १.८८ अंकले घटेर २६७५.५१ को विन्दुमा कायम भएको  थियो । बुधबार  नेप्सेमा कारोबार भएको ३२० कम्पनीको १ करोड १६ लाख ८६९ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब २२ करोड २४ लाख ८६ हजार रुपैयाँको कारोबार भएको थियो ।

    बुधबार बजारमा गिरावट आउँदा पाँच वटा उपसूचक मात्र हरियाली भएको थियो । यस दिन बजारमा गिरावट आउँदा पनि नारायणी डेभलपमेन्ट बैंक र बलेफी हाइड्रोपावरको सेयरमा सकरात्मक सर्किट लाएको थियो।

    सबैभन्दा बढी नेपाल फाइनान्सको सेयर सर्वाधिक कारोबार भएको थियो । बुधबार कम्पनीको ३५ करोड ३८ लाख ३९ हजार रुपैया बराबरको कारोबार भएको थियो । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको पिपुल्स हाइड्रोपावरको २३ करोड ९४ लाख ४८ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको थियो ।

    बुधबार सम्वृद्धि फाइनान्सको २३ करोड ७५ लाख १४ हजार रुपैयाँ, सानिमा जिआइसी इन्स्योरेन्सको १९ करोड ७३ लाख ४० हजार रुपैयाँ, नेपाल एसबिआइ बैंक ऋणपत्र २०८९ को १५ करोड ७५ लाख रुपैयाँको कारोबार भएको थियो ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend